लगातारको बार्षाका कारण बाजुराको सदरमुकाम मार्तडी जोड्ने मुख्य राजमार्ग अवरुद्ध


लेखक : सुन्दराञ्चल      भदौ २४, २०८० मा प्रकाशित     
लगातारको बार्षाका कारण बाजुराको सदरमुकाम मार्तडी जोड्ने मुख्य राजमार्ग अवरुद्ध

बाजुरा भदौ २४,लगातारको बार्षाका कारण बाजुराको सदरमुकाम मार्तडी जोड्ने मुख्य राजमार्ग बल्देमा खसेको पहिरोका कारण अवरुद्ध भएको छ । शनिबारदेखिको निरन्तरको वर्षाका कारण बल्देदुवारी क्षेत्रमा पहिरो खसेपछि साँफे–मार्तडी सडक अवरुद्ध बनेको हो ।

शनिवारदेखी लगातार वर्षा आएकाले पहिरो पन्छाउने काममा अवरोध भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । वर्षात रोकिएपछि सो क्षेत्रमा खसेको पहिरो हटाएर सडक स‌चालनका लागि प्रयास भइरहेको प्रहरीको भनाई छ । बल्दे दुवारी क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध बनेपछि सदरमुकामभित्रिने र सदरमुकामबाट बाहिरिने सवारी साधान र यात्रुहरु विचबाटोमै अलपत्र परेका छन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap