रुसविरुद्ध लामो दुरीको मिसाइल आक्रमण गर्न युक्रेनलाई अमेरिकाको अनुमति


लेखक : सुन्दराञ्चल      मंसिर ३, २०८१ मा प्रकाशित     
रुसविरुद्ध लामो दुरीको मिसाइल आक्रमण गर्न युक्रेनलाई अमेरिकाको अनुमति

मंसिर ३, अमेरिकाले अन्तत: रुसको भित्रि भागसम्म मार हान्न युक्रेनलाई अनुमति दिएको छ । राष्ट्रपति जो बाइडनले अमेरिकाले दिएको लामो दुरीको मिसाइल रुसको भित्रि भागसम्म आक्रमण गर्न अनुमति दिनुभएको हो ।

विगत लामो समयदेखि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिका र पश्चिमा राष्ट्रलाई लामो दुरीको मिसाइल रुसको भित्रि भुभागसम्म मार हान्नका लागि अनुमति दिन आग्रह गरिरहनुभएको थियो । रुसले युक्रेनविरुद्ध केही दिनयताकै ठूलो आक्रमण गरेपछि बाइडन प्रशासनले युक्रेनलाई यस्तो अनुमति दिएको अमेरिकी अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डनल्ड ट्रम्प ह्वाइट हाउस फर्केसँगै युक्रेनलाई अमेरिकाले दिने सहायतामा कटौति हुनसक्ने भन्दै बाइडेनले आफ्नो कार्यकालमै युक्रेनलाई सहयोग बढाउन खोजिरहनुभएको छ ।

बाइडन प्रशासनले युक्रेनलाई लोमो दुरीको मिसाइल प्रयोगको अनुमति दिएको विषयलाई युक्रेनी राष्ट्रपति जेलेन्स्कीले समेत पुष्टि गर्नुभएको छ । गत महिना नै अमेरिकाले युक्रेनलाई लामो दुरीको मिसाइल पठाएको थियो । तर, प्रयोगको अुनमति भने दिएको थिएन ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसअघि नै युक्रेनलाई लामो दूरीको मिसाइल प्रयोगको अनुमति दिए युक्रेन युद्धमा रुसको पश्चिमा राष्ट्र र नर्थ एटलान्टिक सन्धि संगठन-नेटोसँग प्रत्यक्ष यद्ध हुने चेतावनी दिनुभएको थियो । रुसले युक्रेनको उर्जा संरचना र पूर्वाधार लक्षित आक्रमणलाई तीब्र पारिरहेको छ ।

जेलेन्स्कीले रुसले युक्रेनमाथि १ सय २० क्षेप्यास्त्र र ९० वटा ड्रोनले आक्रमण गरेको बताउनुभएको छ । सामाजिक सञ्जाल टेलिग्राममा जेलेन्स्कीले युक्रेनी हवाई रक्षा संयन्त्रले एक सय ४० भन्दा बढी लक्ष्यलाई निस्तेज पारेको उल्लेख गर्नुभएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap