१३ फागुन,रुसले गरेको आक्रमणको पहिलो दिन १३७ युक्रेनीहरूको मृत्यु भएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अहिलेसम्म १ सय ३७ जनाको मृत्यु भएको जनाएका हुन् । उनले युक्रेनी सैनिक अड्डामा मात्र आक्रमण गर्ने दाबी गरे पनि त्यसमा सत्यता नभएको पनि उल्लेख गरेका छन् ।
जगेडामा राखिएका सेनालाई काममा बोलाइएको छ भने १८ देखि ६० वर्षका पुरुषहरूले देश छाड्न नपाउने बताइएको छ । रुसले युक्रेनका विभिन्न क्षेत्रमा सैन्य आक्रमण गर्न थालेको शुक्रबार दोस्रो दिन हो । बिहीबार रुसले युक्रेनका विभिन्न स्थानमा सैन्य आक्रमण सुरु गरेपछि विश्व राजनीति नै तरंगित भएको छ । एजेन्सी
रुसले युक्रेनमा आक्रमण गरेपछिको अवस्था । तस्बिर : एपिएफ, गेट्टी इमेज, रोयटर्स, इपिए