रुकुम त्रिवेणीका भूकम्प पीडितले पाएनन् राहत,


लेखक : सुन्दराञ्चल      कार्तिक २२, २०८० मा प्रकाशित     
रुकुम त्रिवेणीका भूकम्प पीडितले पाएनन् राहत,

 रुकुम (पश्चिम २२ कात्तिक, । भूकम्पको पाचौं दिन पुग्दा पनि रुकुम त्रिवेणीका भूकम्प पीडितले राहत पाएका छैनन् ।

जाजरकोटलाई केन्द्र विन्दु बनाई गएको भुकम्पबाट प्रभावित पीडितले अझैसम्म पनि पीडितहरुले राहत पाउन सकेका छैनन् । भूकम्पले गाउँपालिकामा मानवीय क्षति नभएपनि सयौं घरहरुमा क्षति पुगेको छ ।गाउँपालिका अनुसार त्रिवेणीमामात्र १ हजार ९ सय ३५ घरहरु पूर्णरुपमा क्षति भएका छन् भने १ हजार २ सय ५८ घरहरुमा आंशिक क्षति भएका छन् । पीडितहरुले राहत स्वरुप त्रिपाल पनि नपाउदा खुला आकाशमुनि रात विताइरहेका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले राहत अभावमा क्रिपाल र खाद्यान्न वितरण गर्न नसकिएको बताए । उनले पालिका र सशस्त्र प्रहरीको सहयोगमा हालसम्म ३७२ त्रिपालमात्र वितरण गर्न सकिएको बताए ।

‘त्रिपाल पनि नपाएर धेरैजसो पीडितहरु बाहिरै रात कटाइ रहेका छन्,’ उनले भने, ‘राहत सहयोगहरु नआउँदा पालिकासँग पीडितहरुलाई दिने सक्ने त्रिपाल पनि छैन ।’ उनले विभिन्न संघसंस्थाहरुलाई राहतका लागि आग्रह गरे पनि नपाएको बताए । उनले अझै १५ सय त्रिपाल र खाद्य सामग्रीहरु आवश्यक बताए ।

जिल्लामा विपद् व्यवस्थापन समितिले एकद्वार प्रणालीमार्फत राहत वितरण गरिरहेको छ । विपद् व्यवस्थापनले राहत सामग्रीहरु स्थानीय तह र वडाहरुमा हस्तान्तरण गरेर वितरण गर्ने प्रबन्ध मिलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

भूकम्पले रुकुमपश्चिममा त्रिवेणी गाउँपालिका सहित आठविसकोट नगरपालिका, चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिका, मुसीकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाका विभिन्न स्थानहरुमा ठुलो क्षति पुगेको छ । मानवीय क्षति भने आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा भएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap