७ असार, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ०८४ को चुनावबाट नयाँ दलको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी स्थापना दिवसको अवसरमा बिहीबार आयोजना गरेको चियापानमा पूर्वप्रधानमन्त्री भट्टराईले नयाँ एजेण्डा नयाँ विचार सहितका शक्ति÷पार्टी चाहिन्छ भनेर आफूले पहल गरेको बताए । उनले अघि भने, ‘त्यसक्रममा रास्वपा यसरी अगाडि आएकोमा खुसी छ ।’
कांग्रेस, एमाले, माओवादीको नेतृत्वमा सरकार हुँदैन भन्न खोज्नु भएको हो भन्ने अर्को प्रश्नमा उनले भने, ‘उनीहरु आउँदैनन् । उनीहरु बाहेकको सरकार बन्छ ।’