राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिमा नरहेका सबै सांसदलाई केन्द्रीय सदस्य बनाउने


लेखक : सुन्दराञ्चल      मंसिर १३, २०८० मा प्रकाशित     
राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिमा नरहेका सबै सांसदलाई केन्द्रीय सदस्य बनाउने

काठमाडौं १३ मंसिर,। राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिमा नरहेका सबै सांसदलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ ।

सभापति रवि लामिछानेले सांसद रहेका तर केन्द्रीय सदस्य नभएकालाई केन्द्रीय सदस्य बनाउने प्रस्ताव बुधबारको बैठकमा पेश गरेका थिए । सभापतिको प्रस्तावलाई बैठक पारित गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए । उनका अनुसार सात प्रदेशका सभापतिलाई पदेन केन्द्रीय सदस्य बनाउने निर्णय भएको छ ।यसअघि रास्वपाका २१ (उपसभामुखसहित) मध्ये ६ जना सांसद मात्र केन्द्रीय समितिमा थिए । बुधबार भएको निर्णयपछि १४ जना सांसद स्वतः केन्द्रीय सदस्य बनेका छन् ।

सांसदबाट थपिएका केन्द्रीय सदस्यहरुमा डा. स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, मनिष झा, हरि ढकाल, शिशिर खनाल, सन्तोष परियार, अशोक चौधरी, विनिता कठायत, लक्ष्मी तिवारी, चन्दा कार्की, शिव नेपाली, निशा डाँगी, तोसिमा कार्की, असिम शाह हुन् ।

यसअघि नै केन्द्रीय सदस्य रहेका सांसदहरुमा सभापति लामिछाने सहित डीपी अर्याल, गणेश पराजुली, सोविता गौतम, सुमना श्रेष्ठ र विन्दवासिनी कंसाकार छन् ।

पार्टी गठनको बेला २४ सदस्यीय रहेको केन्द्रीय समितिलाई २०७९ फागुन १ गतेमा १६ जना थपेर ४० पुर्‍याइएको थियो । त्यस समय निशा मेहता, विन्दवासिनी कंसाकार, रुपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसरकार श्रेष्ठ, टिका संग्रौला ज्वाला, हरि भट्ट, ध्रुब गिरी, लिमा अधिकारी, रमेश प्रसाईं, अर्जुन अधिकारी, क्रान्ति शिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्री थिए ।

बुधबार केन्द्रीय सदस्य बढाउन अघि कायम केन्द्रीय सदस्यको संख्या ३८ थियो । विधान अनुसार रास्वपाको केन्द्रीय समिति १२१ सदस्यीय हुने व्यवस्था छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap