धनगढी फागुन ०७, राष्ट्रिय समाचार समिति (रासस) को ६४ औं वार्षिकोत्सवको अवसरमा बुधबार धनगढीमा आयोजित ‘सुशासन र समृद्धिका लागि रासस’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
राससप्रतिको जनविश्वास उहिलेदेखि अहिलेसम्म यथावत् रहेको सो विश्वास कायम गर्न राससको समाचार सेवा उत्कृष्ट रहेको मन्त्री सार्कीको भनाइ थियो ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले राससले नकारात्मकभन्दा सकारात्मक समाचार दिनु प्रशंसनीय कार्य रहेको बताए ।
रासस सुदूरपश्चिम प्रमुख सिद्धराज भट्टले आगामी दिनमा राससले थारु र डोटेली भाषामा समाचार दिने जमर्को भइरहेको बताए । कार्यक्रममा राससका उत्कृष्ट समाचारदाता तिलक ओझालाई सम्मान गरिएको थियो ।

