राष्ट्रिय सभाले सामाजिक सञ्जाल विधेयक अघि बढाउँदै


लेखक : सुन्दराञ्चल      फाल्गुन २०, २०८१ मा प्रकाशित     
राष्ट्रिय सभाले सामाजिक सञ्जाल विधेयक अघि बढाउँदै

२० फागुन, काठमाडौं , राष्ट्रिय सभाले सामाजिक सञ्जाल विधेयक अघि बढाउँदैछ । आगामी शुक्रबार यो विधेयकमाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची छ ।

यो विधेयक सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गत माघ १५ गते राष्ट्रिय सभामा दर्ता गरेका थिए । गुरुङका अनुसार सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन विधेयक ल्याइएको हो । यसका लागि स्पष्ट कानुन निर्माण आवश्यकता महसुस भएको उनले बताएका छन् ।तर, सामाजिक सञ्जाल नियमन गर्ने नामा प्रयोगकर्तालाई नियन्त्रण गर्न खोजिएको भनेर आलोचना समेत भइराखेको छ । डिजिटल प्लाटफर्मलाई उत्तरदायी र जवाफदेही बनाउनुपर्ने प्रयोगकर्तालाई नै तर्साउन खोजिएको र यस्तो भावमा विधेयकले नागरिकको बोल्न पाउने अधिकार खोस्न खोजेको भनेर टिप्पणी भएको छ । यही बेला राष्ट्रिय सभाले पनि विधेयकलाई छलफलमा अगाडि बढाउन खोजेको हो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap