विभूषणहरू वैशाख १ मा प्रदान गरिने


लेखक : सुन्दराञ्चल      चैत्र २३, २०७८ मा प्रकाशित     
विभूषणहरू वैशाख १ मा प्रदान गरिने

काठमाडौँ, चैत २३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न मानपदवी एवं विभूषण २०७९ साल वैशाख १ गते बिहीबार राष्ट्रपति भवन शीतल निवासबाट सुशोभन गर्नुहुने भएको छ । सरकारले राष्ट्रका विभिन्न क्षेत्रमा ख्याति प्राप्त व्यक्तिलाई सम्मानस्वरूप संविधान दिवस–२०७८ (राष्ट्रिय दिवस) का दिन उक्त मानपदवी एवं विभूषणको घोषणा गर्दै आएको छ ।

गृह मन्त्रालय विभूषण शाखाले मानपदवी प्राप्त गर्ने व्यक्तिहरूलाई यही महिनाको २३ देखि २८ गतेसम्म परिचयपत्र खुल्ने कागजसहित मन्त्रालयमा सम्पर्क राख्न ७७ वटै जिल्लामा पत्राचार गरेको छ । मानपदवीबाट विभूषित हुनेहरूका लागि नेपाली पोसाक अनिवार्य गरिएको छ । मौलिक परम्परा र संस्कृति पहिचानका लागि विभूषितहरूले जातजाति, भाषा, धर्म र संस्कृति झल्काउने पोसाक लगाउन सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
यस वर्ष नेपाल रत्न, राष्ट्र गौरव, महाउज्ज्वल राष्ट्रदीप, सुप्रसिद्ध प्रबल जनसेवाश्री, उज्ज्वल कीर्तिमय राष्ट्रदीप, प्रसिद्ध प्रबल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रबल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री र जनसेवाश्री गरी ११ वटा मानव पदवी वितरण गरिएको छ ।

मन्त्रालयका अनुसार, पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्वसभापति कृष्णप्रसाद भट्टराईलाई मरणोपरान्त नेपाल रत्न, मन्त्रिपरिषद् पूर्वअध्यक्ष सुवर्णशमशेर राणालाई मरणोपरान्त राष्ट्र गौरव प्रदान गरिएको छ ।पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्र गौरव प्रदान गरिएको छ । तुल्सीलाल अमात्य, मङ्गलादेवी सिंह, दुर्गानन्द झा, नारायणगोपाल गुरुवाचार्यलाई मरणोपरान्त तथा चोलेन्द्रशमशेर जबरा र मोहनचन्द्र अधिकारीलाई महाउज्ज्वल राष्ट्रदीप विभूषित गरिएको छ ।
सुप्रसिद्ध प्रबल जनसेवाश्री राजनीतिज्ञ प्रदीप नेपाल, मरणोपरान्त पोष्टबहादुर बोगटी र मार्शलजुलुम शाक्यलाई र उज्ज्वल कीर्तिमय राष्ट्रदीप विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रदान गरिएको छ । प्रसिद्ध प्रबल जनसेवाश्री ३९, सुकीर्तिमय राष्ट्रदीप २८, सुप्रबल जनसेवाश्री १५८, कीर्तिमय राष्ट्रदीप ७, प्रबल जनसेवाश्री ३१३ र जनसेवाश्री १८५ जनालाई प्रदान गरिएको छ ।
त्यस्तै, विभूषण शाखा प्रमुख रमा आचार्यका अनुसार विभिन्न आठवटा अलङ्कार १०७ जना र छ वटा पदक ३७ जना सुरक्षाकर्मीलाई प्रदान गरिएको छ । सो अलङ्कार र पदकहरू गृह मन्त्रालयबाट नै वितरण गर्ने कार्यक्रम रहेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap