राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ विदेशमन्त्री वाङ सँग भेटवार्ता


लेखक : सुन्दराञ्चल      चैत्र १३, २०७८ मा प्रकाशित     
राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ विदेशमन्त्री वाङ सँग भेटवार्ता

 १३ चैत,  राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेकी छन् । नेपाल भ्रमणमा रहेका वाङ यी राष्ट्रपति भण्डारीलाई भेट्न केही बेरअघि शीतल निवास पुगेका थिए ।

राष्ट्रपति कार्यालयका अनुसार भेटमा नेपाल–चीन सम्बन्ध र द्धिपक्षीय हितलगायतका विषयमा कुराकानी भएको छ । ​वाङले आजै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गर्दैछन् । यदी दुई भेट सकेर उनी आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

वाङले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट गरेका थिए । त्यस्तै, परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि वाङले भेट गरेका थिए । खड्कासँगको भेटमा नेपाल–चीनबीच विभिन्न ९ वटा समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap