पुस १२, — नेपालका लागि जापानका राजदूत किकुता युताकाले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शितल निवासमा भएको भेटवार्तामा राजदूत युताकाले जापान- नेपाल सम्बन्धलाई थप मजबुद पार्दै लैजानुपर्ने विषयमा धारणा राखेका थिए । सचिवालयका अनुसार जवाफमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र जापानले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा स्वतन्त्रताको लागि व्यक्त गरेको निशर्त सम्मानका लागि नेपालीले खुल्ला दिलले प्रशंसा गर्दै आएको बताएका थिए ।
पौडेलले नेपालको सामाजिक तथा आर्थिक विकासको क्षेत्रमा जापानले लामो समयदेखि पुर्याइरहेको सहयोगका लागि धन्यवादसमेत व्यक्त गरेका थिए ।