(राप्रपा)ले आफूहरुले संसदमा बोल्न नपाएको भन्दै संसद बैठकमा अवरोध,


लेखक : सुन्दराञ्चल      बैशाख २७, २०८० मा प्रकाशित     
(राप्रपा)ले आफूहरुले संसदमा बोल्न नपाएको भन्दै संसद बैठकमा अवरोध,

२७ वैशाख,  । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफूहरुले संसदमा बोल्न नपाएको भन्दै संसद बैठकमा अवरोध गरेको छ ।

बुधबार बैठक सुरु भए लगत्तै राप्रपाका सांसदहरुले उठेर आकस्मिक समय माग गरेका थिए ।

तर सभामुख देवराज घिमिरेले प्रिबजेट छलफललाई समयमै सक्नुपर्ने भएकाले आकस्म्कि समय नराखिएको बताउँदै बैठक अघि बढाउन खोजेपछि  राप्रपाका सांसदले अगाडि आएर नाराबाजी गरेका थिए ।

त्यसपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap