रानीपोखरी पुनर्निर्माणपछि पहिलोपटक सर्वसाधारणको लागि खुला,


लेखक : सुन्दराञ्चल      चैत्र १०, २०७९ मा प्रकाशित     
रानीपोखरी पुनर्निर्माणपछि पहिलोपटक सर्वसाधारणको लागि खुला,

१० चैत,  । रानीपोखरी पुनर्निर्माणपछि पहिलोपटक सर्वसाधारणको लागि खुला गरिएको छ ।

महानगर प्रहरीले सरसफाइ गरेर बुधबारबाट सर्वसाधारणको लागि रानीपोखरी खुला गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । मानन्धरका अनुसार रानीपोखरीमा अब सर्वसाधारण विनाटिकट अवलोकन गर्न जान पाउनेछन् । ‘पुनर्निर्माणपछि महानगरले बारम्बार सर्वसाधारणलाई खुलाउन पहल गर्दै आएको थियो । बुधबारबाट औपचारिक रुपमा खुले पनि आजबाट मान्छेहरु रानीपोखरीमा जान थालेका छन्,’ प्रवक्ता मानन्धरले भने ।

२०७२ को भूकम्पले क्षति पुगेपछि पुनर्निर्माण गरी रानीपोखरीलाई पुरानै स्वरुप दिइएको थियो । तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ८ पुस २०७८ मा महानगरलाई रानीपोखरी हस्तान्तरण गरे पनि सर्वसाधारणका लागि खुला गरिएको थिएन । लामो समय बन्द हुँदा र मर्मत सम्भार पनि नहुँदा झारपात उम्रिएर रानीपोखरी कुरुप बनेको थियो । अहिले भने सरसफाइ गरेर रानीपोखरी चिटिक्क पारिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap