राजेश हमाल अभिनित गीत ‘बिरानो सहरमा’ सार्वजनिक


लेखक : सुन्दराञ्चल      चैत्र १३, २०७८ मा प्रकाशित     
राजेश हमाल अभिनित गीत ‘बिरानो सहरमा’ सार्वजनिक

काठमाडौं चैत १३पछिल्लो समय अभिनेता राजेश हमाल म्युजिक भिडियोमा बाक्लै देखिन थालेका छन् । फिल्मका अफर कम हुन थालेपछि उनले म्युजिक भिडियोमा आफ्नो सक्रियता बढाएका हुन् । यस्तैमा हमाल अभिनित गीत ‘बिरानो सहरमा’ सार्वजनिक भएको छ । गजलकार शान्ती शर्माको शब्द तथा स्वरूप राज आचार्यको स्वर रहेको गीतमा दीपक जङ्गमको संगति छ ।

प्रेम, मिलन र बिछोडको आयाम देखाउन खोजेको भिडियो निशान घिमिरेले निर्देशन गरेका हुन् । भिडियोमा हमालको अलवा शान्ति शर्मा, सुशीला थापा, रोहित बस्नेत र नारायण अधिकारीको अभिनय छ ।

मुकेश हुमागाईको छायांकन रहेको भिडियो निर्देशक घिमिरेले नै सम्पादन गरेका हुन् । गीतमा संगीत संयोजन देबेन्द्र नेवाले गरेका छन्

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap