रकेट आक्रमण गाजाको अस्पतालमा ५०० को मृत्यु


लेखक : सुन्दराञ्चल      कार्तिक १, २०८० मा प्रकाशित     
रकेट आक्रमण गाजाको अस्पतालमा ५०० को मृत्यु

कार्तिक १,  प्यालेस्टिनी क्षेत्र गाजामा रहेको अल अहली अस्पतालमा  मंगलबार भएको रकेट आक्रमणमा ५०० जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यो घटना कसले गरायो भन्नेमा इजरायल र हमास अधिकारीहरूले एकअर्कालाई दोष लगाएका छन् ।इजरायली आक्रमणबाट बच्नका लागि अस्पताललाई आश्रयस्थलका रूपमा समेत प्यालेस्टिनी नागरिहरूले प्रयोग गर्दै आएका थिए । अस्पतालका कार्यरत एक चिकित्सकले करिब ४ हजार जनाले त्यहाँ शरण लिएको बीबीसीलाई बताएका छन् । प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासले अस्पतालमा भएको आक्रमणपछि तीन दिनको शोक घोषणा गरेका छन् ।

हमासले हवाई हमलालाई ‘युद्ध अपराध’ भन्दै इजरायललाई दोषी ठहर गरेको छ । इजरायलले भने हमासलाई नै दोष लगाएको छ । इजरायलले आफ्नो सेनाको संलग्नतालाई अस्वीकार गर्दै अर्को ‘आतंकवादी समूह प्यालेस्टिनी इस्लामिक जिहाद’ले प्रहार गरेको रकेट विस्फोट भएको बताएको छ। गाजाको दोस्रो ठूलो लडाकु समूह प्यालेस्टिनी इस्लामिक जिहादले पनि जिम्मेवारी अस्वीकार गरेको छ ।

अन्तर्राष्ट्रिय नेताहरूले अस्पतालमा भएको हमलाको निन्दा गर्दै विज्ञप्ति जारी गरेका छन् । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले अस्पतालमा भएको आक्रमणको निन्दा गरेका छन् । उनले एक्समा लेखेका छन्, ‘डब्लूएचओ अल अहली अरब अस्पतालमा भएको आक्रमणको निन्दा गर्दछ । सुरुवाती विवरणअनुसार सयौँ मानिस घाइते भएको र मृत्यु भएको संकेत छ । हामी तत्काल सर्वसाधारणको सुरक्षा र स्वास्थ्योपचारको माग गर्छौं ।’

जोर्डन, इजिप्टका नेताहरूले बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको शिखर वार्ता रद्द गरेका छन् । बाइडेन केही बेरमा इजरायल उत्रिँदै छन् जहाँ उनले इजरायली नेताहरूलाई भेट्ने छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap