धनगढी जेष्ठ ६, धनगढीको बुद्ध चोक वडा न ७ देवरीयामा रहेको दृष्टि फाउण्डेसनलाई युवा तथा बिध्यार्थी नेता सुशिल गिरीले १५ हजार ५ सय नगद दृष्टि फाउण्डेसन लाइ हस्तान्त्रण गरेका छन् । युवा नेता गिरी बाजुरा जिल्ला घर भई हाल काठमाण्डौं कसमस कलेजमा पढ्दै आएका छन् ।
पढाईको सिलसिलामै लामो समयसम्म काठमाण्डौ पढ्दै गर्दा गिरी एकाएक राजनितीक तर्फ लागेका गिरी हाल अहिले अनेरास्ववियु कसमस कलेज अफ मेनेजमेन्ट एण्ड टेक्नोलोजी कमिटी सचीव हुन उनले दृष्टि फाउनण्डेसन कि व्यवस्थापक चन्द्रा तिरुवाललाई १५ हजार ५ सय नगद हस्तान्त्रण गरेका छन् ।
व्यवस्थापक तिरुवाल भने यस्तो सयोगि मन सबैमा हुन जरुरी छ बताईन्। उनले भने आफ्नो लागि बाच्ने को एक दिन मरण हुन्छ, अरुका लागि बाच्ने को सधै स्मरण हुन्छ बताए । उनले भने सानो सयोगले ठूलो राहत तथा थोपा, थोपा,मिलेर सागर बन्छ भनेजस्तै हन्छ, बताए । अहिले सोही दृष्टि फाउण्डेसनमा ५० जना असक्त,असाय,बृर्द,ठुहुरा,आफ्नत नभएको रहको व्यवस्थापक चन्द्रा तिरुवाले बताए ।




