युक्रेनमा भएका विदेशी नागरिक निकाल्ने प्रयास रुसले भन्यो ..?


लेखक : सुन्दराञ्चल      फाल्गुन २२, २०७८ मा प्रकाशित     
युक्रेनमा भएका विदेशी नागरिक निकाल्ने प्रयास रुसले भन्यो ..?

 २२ फागुन,रुसले युक्रेनमा रहेका विदेशी नागरिक तथा आम नागरिकलाई आफूहरुले निकाल्न प्रयास गरिरहेको तर युक्रेनका कारण नै आफूहरु त्यसमा विफल भएको बताएको छ ।

रुसले आफ्नो प्रयासलाई युक्रेनले रोकेको बताएको हो ।

रुसको नेसलन सेन्टर फर स्टेट डिफेन्स कन्ट्रोलका प्रमुख कर्नेल जनरल मिखाइल मिजिंत्सेवले यस्तो बताएका हुन् । उनले यही प्रयासस्वरुप रुसका दुई सहरमा यसअघि युद्धविरामको घोषणा गरेको पनि बताएका छन् ।

उनले युक्रेनमा मानवीय अवस्था निकै नराम्रोसँग बिग्रिएको पनि बताएका छन् । रुसले अहिलेको युक्रेनको यो अवस्थामा सुधार ल्याउन आफूहरु प्रयासरत भएको पनि बताएको छ ।

अर्कोतिर युक्रेनले भने रुसले युद्धविराम गर्ने घोषणा गरे पनि यसलाई उल्लघन गरेको आरोप लगाएको छ ।
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap