यस्तो छ बन्दको प्रभाव धनगढीमा..?


लेखक : सुन्दराञ्चल      फाल्गुन ४, २०७८ मा प्रकाशित     
यस्तो छ बन्दको प्रभाव धनगढीमा..?

महादेव गिरी 

सुन्दराञ्चल संम्बाददाता

धनगढी फागुन ४ धनगढीमा बुधबार लामो दुरीका सवारी साधन चलिरहेका छैन। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज छोटो दुरीका सवारी अटो, रिक्सा, साईकल,मोटरसाइकल मात्र चलिरहेका छन्। नागरिकलाई सुरक्षा प्रदान गर्न र कुनै अप्रिय घटना नघटोस् भन्ने उद्देश्यले बिहाननै देखी नै प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले बताए।

उपरीक्षक विष्टका अनुसार कैलाली, कञ्चनपुरसहित प्रदेशका सबै जिल्लामा सार्वजनिक यातायात सेवा प्रभावित हुनुका साथै शैक्षिक संस्था पनि बन्द भएका छन्। सुदूरपश्चिम विश्वविद्यालय, मातहतका क्याम्पस र अन्य निजी क्याम्पसहरुमा बिहानी कक्षा सञ्चालन भएका छैन।No description available.मंगलबार कैलालीमा सक्रिय ६ दलीय मोर्चाले एक विज्ञप्ती जारी गर्दै आज नेपाल बन्द गर्ने बताएको थियो। मोर्चाले एमसीसी संसदबाट पारित हुन लागेको र यो सम्झौताले देश संकटमा जाने खतरा भएकाले त्यसको विरोधमा नेपाल बन्द गर्न लागिएको जनाएको थियो।

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap