यस्तो छ बन्दको प्रभाव कैलालीमा,


लेखक : सुन्दराञ्चल      भदौ ७, २०७९ मा प्रकाशित     
यस्तो छ बन्दको प्रभाव कैलालीमा,

महादेव गिरी संवाददाता,

धनगढी भाद्र ७, धनगढीमा मंगलबार लामो दुरीका सवारी साधन चलिरहेका छैन। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज छोटो दुरीका सवारी अटो, रिक्सा, साईकल,मोटरसाइकल मात्र चलिरहेका छन्।

नागरिकलाई सुरक्षा प्रदान गर्न र कुनै अप्रिय घटना नघटोस् भन्ने उद्देश्यले बिहाननै देखी नै प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले बताए।जिल्ला  प्रहरी कार्यालय  कैलालीका अनुसार प्रदेशका ठाउँठाँउमा शंस्कापद वस्तु फेला परेका छन्।

उपरीक्षकडीएसपी वेदप्रकाश जोशीका अनुसार कैलाली, कञ्चनपुरसहित प्रदेशका सबै जिल्लामा सार्वजनिक यातायात सेवा प्रभावित हुनुका साथै शैक्षिक संस्था पनि बन्द भएका छन्। सुदूरपश्चिम विश्वविद्यालय, मातहतका क्याम्पस र अन्य निजी क्याम्पसहरुमा बिहानी कक्षा सञ्चालन भएका छैन।

देशभर ४ सक्रिय दलीय मोर्चाले एक विज्ञप्ती जारी गर्दै आज नेपाल बन्द गर्ने बताएको थियो।सो पार्टीले आफ्ना नेता कार्यकर्तामाथि लगाइएको झुठा मुद्दा खारेजी र बन्दी रिहाइ गर्नुपर्ने, राजनीतिक समस्यालाई राजनीतिक ढंगले समाधान गर्नुपर्ने लगायत माग राखेको छ ।

सरकारसँग २०७७ सालको फागुन २० गते भएको ३ बुँदे सम्झौताअनुसार आफ्नो पार्टीका नेतारकार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता हुनुपर्ने लगायतका माग राख्दै नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दलाई ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादी पार्टीले समर्थन गरेका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap