यस्तो छ आजको मौसमको सम्भावना एक दुई ठाउँमा वर्षा हुने


लेखक : सुन्दराञ्चल      अशोज २१, २०८१ मा प्रकाशित     
यस्तो छ आजको मौसमको सम्भावना एक दुई ठाउँमा वर्षा हुने

काठमाडौं आश्विन २१,  सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थान तथा लुम्बिनीको पश्चिमी भू-भागका थोरै स्थानहरूबाट आइतबारदेखि यस वर्षको मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तै आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap