धनगढी माघ २,आइतबार काठमाण्डौ बाट पोखराको लागि यती एयरलाइन्सको जहाज दुर्घटनामा परी कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगरका आमाछोराको मृत्यु भएको छ। महेन्द्रनगरका प्रतिष्ठित व्यवसायी सञ्जीवचन्द्र भट्टकी श्रीमती एवं धनगढी नगरपालिकाका तत्कालिन नगरप्रमुख खेमराज पाण्डेकी छोरी ५० वर्षीया सुष्मा पाण्डे भट्ट र कान्छा छोरा १६ वर्षीय स्लक भट्टको मृत्यु भएको हो। माघी मनाउन आमाछोरा काठमाडौंबाट यती एयरलाइन्स मा पोखरा उडेका थिए । भने व्यापारी भट्ट पोखरामै थिए। उनका आफन्तहरू पनि जागिरको सिलसिलामा पोखरामा रहेको र सँगै माघी मनाउने योजनाअनुरुप पोखरामा पारिवारिक जमघटको तयारी थियो।
१५ वर्षीय श्लोक काठमाडौंको क्याम्पसमा प्रवीणता प्रमाणपत्र तहको पहिलो वर्षमा अध्ययनरत थिए। महेन्द्रनगरका व्यापारी व्यवसायीले महेन्द्रनगरस्थित मदन चोकमा शोकसभासमेत आयोजना गरे।
सोमबार १२ बजेसम्म कञ्चनपुर जिल्लाका सम्पूर्ण उद्योग व्यवसाय बन्द गर्न आग्रह गरिएको कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वरप्रसाद बोहराले बताए। उक्त विमानमा चालक दलका चार जनासहित ७२ जना सवार थिए ।