भदौ २६, गायक निशान भट्टराई र किसु थापाको आवाजमा रहेको ‘म त तिम्रै हुँ’ बोलको गीतमा बनाइएको भिडियो सिमरामा सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार बिकास पाण्डेको शब्द र संगित रहेको गीतको भिडियोमा युवराज केसरी र रितु चौधरीले अभिनय गरेका छन् ।
भिडियो सार्वजनिक कार्यक्रमका लागि सिमरा आएका गायक निशान भट्टराईले उत्कृष्ट शब्द र संगीत रहेका कारण आफूले म त तिम्रै हुँ बोलको गीतका लागि काम गरेको बताए । गायक भट्टराईले सामुहिक रुपमा काम गर्न पाउँदा उत्साहित रहेको प्रतिक्रिया दिएका छन् ।
भिडियो सार्वजनिक कार्यक्रममा गायक कमल के क्षेत्री, भोजपुरी गायक प्रमोद जख्मी, गायक देवेन्द्र कार्की, निर्माता प्रदीप गौतम सहभागी थिए । गायक क्षेत्रीले उत्कृष्ट शब्द, संगित, छायांकन र निर्देशनले गित अत्यन्तै हेर्न र सुन्न लायक बनेको प्रतिक्रिया दिए ।