म्याग्दीको बेनी नगरपालिका–१,रत्नेचौरको तोरीबारीमा घुम्न जान रोक


लेखक : सुन्दराञ्चल      माघ १६, २०७८ मा प्रकाशित     
म्याग्दीको बेनी नगरपालिका–१,रत्नेचौरको तोरीबारीमा घुम्न जान रोक

म्याग्दी १६ माघ म्याग्दीको बेनी नगरपालिका–१,रत्नेचौरको तोरीबारीमा घुम्न जान रोक लगाइएको छ। महामारीका रुपमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्टबाट संक्रमण हुने संक्रमितको संख्यामा क्रमशः वृद्धि हुँदै गएको अवस्थामा तोरीबारीमा थामिनसक्नु भिडलाई नियन्त्रण गर्न आइतबारदेखि तोेरीबारीमा प्रहरी परिचालन गरिएको हो।

तोरीबारीको भिडले  जिल्ला कोभिड व्यवस्थापन समितिको समेत आलोचना भएपछि जिल्ला प्रहरी कार्यालय बेनीबाटै नै टोली परिचालन गरिएको छ भने आइतबार विहान घुम्न गएकालाई समेत फर्काउन थालिएको भानु माविका प्रधानाध्यापक भरत खत्रीले बताए।

उनले आइतबार विहानै घुम्न आएको टोलीलाई प्रहरीले तोरीबारीबाट हटाएको थियो।तोरीबारीमा आइतबारदेखि प्रवेश गर्न कडाई गरिएको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताए। ‘यो समयमा तोरीबारी तिर जानु उपयुक्त हुदैन्,‘भिडभाडले कोरोनाको जोखिम बढेको छ’ प्रनाउ राईले भने। रत्नेचौरमा रहेको प्रहरी चौकीमा खटिएको टोलीले तोरीबारीको भिड नियन्त्रण गर्न असफल भएको थियो।

तोरीबारीमा भिडभाड भएपनि रत्नेचौरका प्रहरीले जिल्लामा समन्वय समेत नगरेको पाइएको छ। शनिबार मात्रै करिब १५ सयको हाराहारीमा तोरीबारीमा पुगेका थिए। एकैपटक भिड लागेपछि रत्नेचोरमा सवारी जाम समेत भएको थियो।

रत्नेचौरको तोरीफाँटमा पर्यटकको भिड « Koralapost

सवारीसाधन र पैदलमार्गबाट तोरीबारीमा पुगेकाहरुले मास्क समेत नलगाएको देखिएपछि सामाजिक सञ्जालमा कोरोना नियन्त्रणका लागि प्रशासनले जारी गरेको नोटिस कागजमा मात्रै भएके भन्दै टिप्पणी गरिएको थियो।विद्यालयको पठनपाठन बन्द भएको अवस्थामा विद्यार्थी समेत तोरीबारीमा पुग्न जान थालेका थिए। अहिले स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यम, सामाजिक संजाल फेसबुक, टिकटक, युटुब लगाएतमा रत्नेचौरको फोटो, भिडियो भाइरल भईरहेको छ।

हिजो शनिबार तोरीबारीमा थामिनसक्नु भिड भएपछि सामाजिक सञ्जालमा समेत भाइरल भएको थियो। जिल्ला कोभिड व्यवस्थापन समितिले तोरीबारीमा घुम्न जान नदिने गरी स्थानीयतस्तरमै पुगेर सुरक्षाको व्यवस्था मिलाउन समेत प्रहरीलाई आदेश दिएको छ। यता म्याग्दीमा शनिबारसम्म जिल्लामा कोरोना संक्रमणबाट संक्रमित हुनेको संख्या कुल ३ सय ५२ जना पुगेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ। शनिबार मात्रै ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।नागरिक

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap