मौसम : कर्णाली र सुदुरपश्चिम प्रदेशमा हल्का हिमपातको सम्भावना


लेखक : सुन्दराञ्चल      माघ ७, २०८१ मा प्रकाशित     
मौसम : कर्णाली र सुदुरपश्चिम प्रदेशमा हल्का हिमपातको सम्भावना

काठमाडौं,माघ ७, हाल देशमा पश्चिमी  न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।

दिउँसो कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ । तराइमा मुख्यतयाः सफा रहनेछ । राती भने कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ । तराइमा मुख्यतयाः सफा रहनेछ ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाका साथै गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र यसका कारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app download
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap