मौसममा केही सुधार भए पनि आज देशका केही ठाउँमा भने भारी वर्षा हुने सम्भावना


लेखक : सुन्दराञ्चल      साउन ३२, २०८० मा प्रकाशित     
मौसममा केही सुधार भए पनि आज देशका केही ठाउँमा भने भारी वर्षा हुने सम्भावना

काठमाडौं ३२ साउन,  । मौसममा केही सुधार भए पनि आज देशका केही ठाउँमा भने भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।  २४ घण्टामा ५० भन्दा धेरै र १०० मिलिमिटरभन्दा कम पानी पर्नुलाई भारी वर्षा भएको मानिन्छ ।

बाँकी प्रदेशमा भने हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा नेपाल नजिकै रहे पनि जलवाष्पयुक्त वायु कमजोर बनेको कारण न्यूनचापीय रेखाको प्रभाव कम देखिएको महाशाखाले जनाएको छ ।

बिहान गण्डकी, कोशी, बागमती र कर्णाली प्रदेशका केही ठाउँमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको छ । दिउँसो पनि केही ठाउँमा वर्षा जारी हुनेछ ।

केही ठाउँमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना भएकोले सतर्कता अपनाउन सरोकारवाला निकायले अनुरोधसमेत गरेका छन्  अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap