मोहन्याल गाउँपालिका ३ का वडाध्यक्ष गिरीको निधन


लेखक : सुन्दराञ्चल      मंसिर २२, २०८१ मा प्रकाशित     
मोहन्याल गाउँपालिका ३ का वडाध्यक्ष गिरीको निधन

धनगढी मंसिर २२,– कैलालीको मोहन्याल गाउँपालिका – ३ का वडाध्यक्ष नन्दराम गिरीको निधन भएको छ।

डेढ वर्षदेखि क्यान्सरको उपचार गराईरहेका गिरीको शुक्रबार निधन भएको हो ।उनको उपचारको क्रममा दोदधारा अस्पतालमा निधन भएको गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले बताएका छन ।आज शनिवार गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायद्धारा जारी शोक वक्तव्यमा आइतबार एक दिन गाउँपालिकाको कार्यालय, वडा कार्यालय, बैङ्किङ, शिक्षण संस्था र स्वास्थ्य संस्थाहरूमा अति आवश्यक बाहेक शोक बिदा दिने उल्लेख छ । साथै ३ दिन कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाउन पनि आग्रह भनिएको छ ।

शोक वक्तव्यमा गाउँपालिकाले एक कर्मठ, जुझारु, इमानदार र कुशल नेतृत्व गुमाएको उल्लेख छ । डेढ वर्षदेखि क्यान्सर पीडित वडाध्यक्ष गिरीको शुक्रवार दोदधारा अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap