माधवकुमार नेपालले आफ्नो पार्टीको मन्त्री हेरफेर गर्न ढिला भइरहेकामा असन्तुष्टि जनाए


लेखक : सुन्दराञ्चल      असार ५, २०७९ मा प्रकाशित     
माधवकुमार नेपालले आफ्नो पार्टीको मन्त्री हेरफेर गर्न ढिला भइरहेकामा असन्तुष्टि जनाए

५ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको मन्त्री हेरफेर गर्न ढिला भइरहेकामा असन्तुष्टि जनाएका छन् ।

आफूहरुले पहिले सरकारमा सहभागी हुँदैमा ६ महिनामा मन्त्री हेरफेर गर्ने निर्णय गरेको भन्दै अध्यक्ष नेपालले अहिले ८ महिनामा मन्त्री हेरफेर गर्न लाग्दा प्रधानमन्त्री र गठबन्धनका अरु दलले समय मागेको बताए ।

‘९सरकारमा नयाँ मन्त्री० पठाउने सन्दर्भमा ढिला ढाला भइरहेको छ । प्रधानमन्त्री र माओवादीका साथीले हामीभित्र पनि यस्ता माग भएकाले एक दुई दिन पर्खिनुस् भन्नुभएको थियो । छिट्टै हुन्छ भन्ने जवाफ दिनुभएको छ’ उनले भने ।

अध्यक्ष नेपालले आफूहरुले बाध्यतामा मन्त्री परिवर्तन गर्न लागेको बताए । यद्यपि के बाध्यता हो भन्ने उनले खुलाएनन् ।‘६ महिनाका लागि मात्र भनेर अहिलेका मन्त्री पठाएका हौं, कतिपय मन्त्रीले स्वीकार गर्नुभयो । प्रष्ट भन्ने मन्त्रीलाई विशेष धन्यवाद’ नेपालले भने, ‘६ महिना भन्दा पहिले नै मन्त्री परिवर्तन गर्ने चर्चा चलेकै हो । ६ महिना काम गर्न दिनुस् भन्यौं, अहिले ८ महिनामा परिवर्तन गर्न लागेका हौं ।’

नेकपा एकीकृत समाजवादीले हाल मन्त्री रहेका आफ्ना पार्टीका नेताहरुलाई फिर्ता बोलाएर अरु नेताहरुलाई सरकारमा पठाउन चाहेको छ । त्यसका लागि प्रधानमन्त्रीलाई मन्त्री हुने नेताहरुको नामसमेत दिइसकेको छ । तर हालसम्म मन्त्री हेरफेर नभएको भन्दै नेता नेपालले असन्तुष्टी जनाएका हुन् ।

मन्त्रीहरुले मन्त्रालयगत बजेटमाथि उठेका प्रश्नको जवाफ दिएपछि हेरफेर गर्ने समझदारी भएको नेताहरुले बताएका थिए । अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap