चैतन्य पाठशालामा चैतन्य स्टीम वर्कसप कार्यक्रम आयोजना हुने


लेखक : सुन्दराञ्चल      माघ ९, २०८० मा प्रकाशित     
चैतन्य पाठशालामा चैतन्य स्टीम वर्कसप कार्यक्रम आयोजना हुने

महादेव गिरी संवाददाता

धनगढी माघ ९ । धनगढी उपमहानगरपालीका वडा नम्बर ५ शिवनगरस्थीत चैतन्य पाठशालामा चैतन्य स्टीम वर्कसप कार्यक्रम आयोजना हुने भएको छ । चैतन्य पाठशाला साइन्स र रोवोटिस बिभागका बिद्यार्थीहरुको आयोजनामा माघ १६ देखी २२ गतेसम्म चैतन्य स्टीम वर्कसप कार्यक्रम हुने भएको हो ।
विज्ञान, प्रविधि, अनुसन्धान तथा अन्वेषणमा रुचि राख्ने बिद्यार्थीहरुलाई लक्षित गरी प्रयोगात्मक तथा प्रदर्शनीको अवसर सृजना गर्ने गरी कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक बिन्दास वमले बताए । धनगढीका बिभिन्न बिद्यालयमा कक्षा ६ देखी ९ सम्म अध्ययनरत बिद्यार्थीहरुलाई निशुल्क रुपमा सहभागी गराइने र प्रशिक्षकको रुपमा युवा बैज्ञानिक र अन्वेषणहरुको समुह रहने कार्यक्रम संयोजक वमको भनाई छ ।
बिज्ञान र प्रविधिको क्षेत्रमा रुचि राख्ने विद्यार्थीहरुलाई वाल्यकाल देखी नै सम्बन्धीत क्षेत्रमा लाग्न अभिप्रेरित गर्ने उदेश्य रहेको पाठशालाका सिइओ गणेश प्रसाद जोशीले बताए । बिभिन्न ११ ओटा बिद्यामा एकहप्तासम्म वर्कसप कक्षा चलाउने र महत्वपुर्ण आर्कषणको रुपमा रिमोट कन्ट्रोलबाट प्लेन पनी उडाउने योजना रहेको उनले बताए ।

यस्तै कार्यक्रमका आकर्षणका रुपमा कृत्रिम बुद्धिमत्ता शिविर, रकेट विज्ञान शिविर, खगोल विज्ञान शिविर, रोबोटिक्स शिविर, उड्डयन शिविर, उपग्रह शिविर, ड्रोन प्रदर्शन, भौतिक विज्ञानको जादू, रोमाञ्चक पुरस्कार संग खेल सिकाई, वैज्ञानिक हार्डवेयर प्रदर्शनी ९टेलिस्कोप, थ्रीडी प्रिन्टर, रकेट० रहले जनाइएको छ ।
बिद्यार्थीहरुलाई भावी वैज्ञानिकको रुपमा विकसित गर्न चैतन्य पाठशालाले बर्षभरि नै उपयुक्त वातावरण र आवश्यक श्रोत साधनको व्यवस्थापन गर्ने बताएको छ । यस्तै आवधिक रुपमा विद्यालय स्तरीय तथा अन्तर कक्षा विज्ञान, प्रविधि र अन्वेषणको क्षेत्रमा प्रदर्शनी र प्रतिस्पर्धात्मक कार्यक्रम रहने जनाएको छ । चैतन्य स्टीम वर्कसप सम्पन्नपछि त्यसबाट आर्जन गरिएको ज्ञान र सम्भावित विषयहरुमा बर्षभरी नै निरन्तर खोज अनुसन्धान र अभ्यासको काम जारी रहने जनाइएको छ । यस्तै दीर्घकालिनरुपमा चैतन्य स्टीम वर्कसपले विज्ञान र प्रविधीको क्षेत्रमा राष्ट्रिय लक्ष्यमा योगदान दिने अपेक्षा गरिएको छ ।

पाठशालाका सिइओ जोशीले चैतन्य पाठशाला शिक्षा संस्कारको संगम पुर्विय दर्शनमा आधारित शिक्षण पद्धति जिवन उपयोगी शिक्षा र अहिलेको विश्व ब्यापी शिक्षा विकसित वैज्ञानिक बिकास र अनुभव अन्वेषणलाई जोडेर असल र जिम्मेबार बिद्यार्थीको निर्माणमा जुटेको बताए । बिद्यार्थी काल देखी नै उसको असल र चरित्रवान ब्यक्ती बनाउने उदेश्य रहेको बताए । उनका अनुसार सुदुरपश्चिममै पहिलो पटक बिद्यालय स्तरमा सप्ताह ब्यापीरुपमा आयोजना भैरहेको हो ।

भबिश्यको बैज्ञानिकको रुपमा राष्ट्रिय रुपमा बैज्ञानिक उत्पादन गरिने उदेश्य छ । बिकास गर्ने स्टीम कार्यक्रम बाल्य अवस्था देखी सुरु गरिएकामा भविश्यमा सहयोग पुग्ने अपेक्षा छ । अहिले विज्ञानको क्षेत्रमा,इन्जीनियरिङ्ग, प्रविधि तथा गणितको क्षेत्र गरी ४ बिद्यामा स्टीम करीकुलम लागु गरिएको छ ।कार्यक्रम चैतन्य पाठशालका सिइओ गणेण प्रसाद जोसीको अध्यक्षतामा भएको कार्यक्रममा पाठशालका साहयक प्रधानाध्यापक कटक बहादुर सिहँ , शिक्षक , बिद्यार्थी,लगाएतको उपस्थित रहेको थियो । कार्यक्रमको सञ्चालन बिद्यालयका शिक्षक बिन्दास बमले गर्नु भएको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap