महिलामा किन हुन्छ एक्लोपनको महसुस..?


लेखक : सुन्दराञ्चल      फाल्गुन १२, २०७८ मा प्रकाशित     
महिलामा किन हुन्छ एक्लोपनको महसुस..?

काठमाडौं फागुन १२ । काठमाडौंकी ४५ वर्षीया मिला श्रेष्ठ ९नाम परिवर्तन०को विवाह भएको २२ वर्ष भयो । जीवनसाथी बन्न लागेको व्यक्तिसँग राम्रोसँग चिनजान र घुलमिल हुन नपाउँदै जात, धर्म र हैसियत मिल्ने भन्दै घरपरिवारले उनको विवाह गरिदिए । विवाह गरेको केही वर्ष जीवन हाँसीखुसीले बित्यो, तर समय बित्दै जाँदा नैराश्यताले डेरा जमाउन थाल्यो ।त्यसपछि दुई सन्तानकी आमा मिलालाई जीवनदेखि विरक्त लाग्न थाल्यो । कारण, श्रीमानले उनलाई गर्ने बेवास्ता ।

शारीरिक सम्बन्ध त परको कुरा मिला र उनको भावनात्मक सम्बन्धमा पनि पूर्णविराम लाग्यो । उनलाई एक्लो महसुस हुन थाल्यो । तनाव व्यवस्थापनका लागि साथीसँग भेट्ने र घुम्ने पनि गरिन्, तर उनको तनाव कम भएन । मिला अहिले सीएमसी नेपालमा मनोपरामर्श लिइराखेकी छन् ।

महिलाले एक्लोपन महसुस गर्नुमा उनीहरुसँग जोडिएका अन्तर्निहित विषयवस्तु हुने बताउँछिन् समाजशास्त्री डा। मीना उप्रेती । ती विषयवस्तु नकेलाएसम्म महिलालाई किन यस्तो हुन्छ भनेर भन्न नसकिने उनको भनाइ छ ।
ज्ञानेश्वरकी ३० वर्षीया रोजिना नेपाली ९नाम परिवर्तन०ले प्रेमलाई मागी विवाहमा परिणत गरिन् । चार वर्षदेखि एकअर्कालाई चिनेर विवाह गरेकी रोजिना अहिले आफूलाई ‘आइसोलेट’ महसुस गर्छिन् । विवाहपछि उनको जिन्दगीमा धेरै परिवर्तन आइसकेको छ । चुलबुले स्वभावकी उनले अचेल बोल्न र रमाइलो गर्न बिर्सिसकेकी छन् ।

यसको कारण श्रीमानसँगको चिसोपन नै भएको उनी बताउँछिन् । रोजिनाले विवाहअघि चिनेको प्रेमी विवाहपछि श्रीमान बनेपछि व्यवहार नै परिवर्तन भयो । हिजोसम्म आफ्नो हरेक कुरामा ध्यान राख्ने, हरेक क्रियाकलापमा बराबरी देखाउने प्रेमीले श्रीमान बनेपछि देखाएको फरक व्यवहारले उनलाई पीडा भयो । अहिले उनी पनि मानसिक समस्याको उपचारमै छिन् ।

यी त उदाहरण मात्रै हुन् । समाजमा धेरै महिलाले यस्तो समस्या भोगिरहेका हुन्छन् । सबै कुरा छ, तर केही नभएको जस्तो रित्तो, एक्लो, हराएको, कता(कता के छुटेको जस्तो, आइसोलेट भएको अनुभूति हुनुमा सम्बन्धमा आउने चिसोपनका कारण हुने मनोविद् डा। करुणा कुँवर बताउँछिन् ।

रमाइलो जिन्दगीमा एक्कासी ग्रहण लाग्दछ । कोही नभएको जस्तो सहाराविहीन एक्लो महसुस हुनथाल्यो भने बेलैमा मनोपरामर्श लिन डा। कुँवर सुझाउँछिन् । कुनै पनि समस्या आउँदा त्यसले समाधानको उपाय पनि लिएर आएको हुन्छ । डा। कुँवर अगाडि भन्छिन्, ‘कुनै पनि सम्बन्ध सधैं एकैनासको हुँदैन यो वास्तविकता पनि हो । कति जोडीमा जुन चमक, माया र वाचा राखिरहन सक्छु भनेपनि त्यो विवाहपछि नहुन सक्छ । त्यसैले महिलामा निराशा, एक्लोपनको अनुभूति हुन्छ ।’

मनोविद् डा। करुणा कुँवर
प्रकृतिले पनि हरेक दिन नयाँपन ल्याउने कोशिश गरिरहेको हुन्छ । त्यस्तै हाम्रो दिमागमा पनि नयाँ कुराहरु आइरहेका हुन्छन् । सम्बन्धमा पनि त्यस्तै हुन्छ । ‘हाम्रो समाज पित्तृसत्तामक समाज हो । आजको मितिसम्म पनि महिला विवाह गरेर पुरुषकै घरमा जानुपर्छ भन्ने छ । हामीलाई त्यसरी नै हुर्काइएको छ । हिजो छोरी भएर हुर्काइएको हुन्छ अनि अचानक बुहारीको जिम्मेवारीले थिच्दा समस्या अवश्य नै आउँछ,’ डा। कुँवर भन्छिन् ।

श्रीमानसँग मात्र नभएर परिवारका अन्य सदस्यसँग पनि सम्बन्ध बिग्रिंदा घरमा झैझगडा हुन्छ । छोरी हुँदा घरमा चुलबुल गरिरहने, सबैकी प्यारी मान्छे विवाह गरेपछि व्यक्तित्वमा परिवर्तन आउँछ । किनभने त्यसबेला सम्बन्धमा फरकपन आउँछ । छोरीको व्यवहार बुहारीमा हाम्रो समाजले पचाउँदैन । यो सबै आउनुमा पित्तृसत्तात्मक समाज नै मूल कारण रहेको मनोविद् डा। कुँवर बताउँछिन् ।

महिलाले एक्लोपन महसुस गर्नुमा उनीहरुसँग जोडिएका अन्तर्निहित विषयवस्तु हुने बताउँछिन् समाजशास्त्री डा। मीना उप्रेती । ती विषयवस्तु नकेलाएसम्म महिलालाई किन यस्तो हुन्छ भनेर भन्न नसकिने उनको भनाइ छ । ‘सामाजिक संरचना र पुरुष महिलामाथि यति हाबी छन् कि जसले महिला अझै पूर्ण मानव बन्न नसकेको आभास हुन्छ । विवाह, यौन, जागिर, छोराछोरी, कोसँग बोल्ने, नबोल्ने लगायतका विषयमा पूर्ण स्वतन्त्रता महिलाले पाएकै छैनन्,’ उनी भन्छिन् ।

सामाजिक सम्बन्धमा पनि महिलाको भूमिका एकदमै कमजोर छ । हाम्रो सामाजिक संरचना महिलालाई सामाजिक बन्धनमा राख्नु, कमजोर आर्थिक अवस्था, सम्पत्तिको अधिकार कानुुनी रुपमा भएपनि व्यवहारमा लागु गराउन ठूलै सकस हुन्छ । डा। उप्रेती भन्छिन्, ‘कम शिक्षा, अपूरो शिक्षा र बढी शिक्षा, यी तीन कुराले महिलालाई आइसोलेट बनाइरहेको छ । एमए पास गर्छन्, एमफिल गर्छन्, तर घरमै सीमित हुनुपरेको छ । आफूले सजाएका विभिन्न सपनामा विवाहपछि ब्रेक लाग्छ ।’

गाउँघरका महिलाभन्दा सहरका शिक्षित महिलाहरुले बढी एक्लोपनको महसुस गरेको देखिन्छ । ‘आफूले लिएको शिक्षा आफैंलाई भारी हुने अवस्था समेत महिलाहरुमा आएको देखिन्छ । घरमा बस्ने महिलाको कुनै आर्थिक मूल्यांकन हुँदैन, जबकि उनीहरु बिहान चारबजेदेखि राति ११ बजेसम्म घरको काममा खटिएका हुन्छन्,’ डा। उप्रेती भन्छिन् ।

समाजशास्त्री डा। मीना उप्रेती
परिवारले महिलाका चाहना र सपनालाई नबुझ्ने र श्रीमानले पनि न्यायपूर्णभन्दा पनि सतही र बनावटी सहयोग मात्रै गरिदिंदा महिलामा निराशा र एक्लोपन छाएको उनी बताउँछिन् ।

व्यस्त जीवनशैली र तीव्र प्रतिस्पर्धाका कारण पनि एकअर्कालाई दिने समय अभाव हुँदा पनि श्रीमान्–श्रीमतीले आफूलाई बुझ्न नसकेको हुनसक्छ । डा। उप्रेती अगाडि भन्छिन्, ‘महिला चाहन्छिन् पुरुषले आफ्नो ख्याल गरोस् ध्यान दियोस् । उसलाई मानसिक तथा शारीरिक रुपमा बुझ्ने, तिमी आज कति राम्रो देखिएकी छौ तिमीले गरेको राम्रो छ, तिमीले गर्न सक्छौ भनेर भनिदिँदा पनि सम्बन्धमा सकारात्मक प्रभाव पर्छ ।’

श्रीमान र परिवारको इज्जत महिलाले नै धान्नुपर्ने र महिलालाई इज्जतसँग जोडिदिने सामाजिक परम्पराले पनि महिलालाई दबाब राखिरहेको उनी बताउँछिन् । यस्ता कुरामा सुधार नगरे महिलाहरु आइसोलेट भइरहन्छन् ।

प्रेम सम्बन्धमा रहँदा बेलाबेलामा भेट्ने, मायाका कुरा गर्ने गर्दा सम्बन्ध धेरै कसिलो हुन्छ । समाजशास्त्री डा। उप्रेती भन्छिन्, ‘प्रेम भनेको बढी इमोसनल हुन्छ, प्रेम नितान्त व्यक्ति कुरा हो । यो लुकाएर गरिन्छ, विवाह जहिले पनि देखाएर गरिन्छ, कार्ड छापिन्छ, भोज गरिन्छ व्यक्तिगत कुरालाई सामाजिक कुरामा लगेपछि अनि समस्या आउँछ ।’

व्यक्तिगत र पारिवारिक सामाजिक संरचनामा महिलालाई न्यायपूर्ण र यथोचित स्थान दिइएन भने यस्ता समस्याको निराकरण हुँदैन । ‘सबैभन्दा पहिला तिमी हौ । तिम्रो स्वतन्त्रता, चाहना, त्यसपछि अरु । संसारमा कुनै पनि व्यक्ति आफू सक्षम रहुन्जेल अरुले माया गर्छ, आफूलाई अप्ठ्यारो हुँदा कसैले हेर्दैन । आफू सक्षम भयो भने परिवारसँगै सम्बन्ध बलियो हुन्छ,’ डा। उप्रेती भन्छिन् ।अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap