महिनावारी हुदा स्कुल जादैनन शिक्षिका..?


लेखक : सुन्दराञ्चल      फाल्गुन ९, २०७८ मा प्रकाशित     
महिनावारी हुदा स्कुल जादैनन शिक्षिका..?

बाजुरा फागुन ९ ( बाजुराको बडिमालिका नगरपालिका ८ मा रहेको श्री जनप्रकाश आधारभूत विद्यालय रतुडामा महिनावारी हुँदा शिक्षिका विद्यालय नजाने गरेको पाइएको छ । स्थानीयबासीका अनुसार रतुडामा रहेको विद्यालय देउताको ओहोरदोहोर गर्ने मुख्य बाटोमा रहेकाले महिनावारी भएको समयमा देवता रिसाउने भन्दै शिक्षिका विद्यालय नजाने गरेको बताए

देउता रिसाउछन भन्ने स्थानीयबासीको विश्वासका कारण नजाने गरेको शिक्षिका नीरा बिष्टले बताए। कक्षा ३ सम्म सञ्चालनमा रहेको विद्यालयमा २ जना शिक्षिका र १ जना शिक्षक गरी ३ जना छन्। । दुबैजना शिक्षिका महिनावारी हुँदा पाँच दिनसम्म विद्यालय जाँदैनन्। ।

महिनामा दुईजना शिक्षिका दश दिन विद्यालयमा उपस्थित हुदैनन् भने महिनावारीकै कारण वर्षमा १ सय २० दिन अनुपस्थित हुने गरेका छन्। । शिक्षिका नियमित स्कुल नआएपछि बालबालिकाको पढाइै नै प्रभावित हुने गरेको अविभावकहरुले गुनासो गरेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap