महिनावारी भएका महिलालाई गोरस नदिने चलन कायमै बाजुरामा


लेखक : सुन्दराञ्चल      अशोज २७, २०८१ मा प्रकाशित     
महिनावारी भएका महिलालाई गोरस नदिने चलन कायमै बाजुरामा

बाजुरा आश्विन २७: बाजुरामा महिनावारी भएका महिलालाई गोरस (दुध, दही र मही) नदिने चलन कायमै रहेको छ । यहाँका धामी झाँक्रीहरूले महिनावारी भएका बेला महिलालाई गोरस (दुध, दही मही) दियो भने गाई भैँसी नब्याउने तथा घरमा अनिष्ट हुने विश्वास दिलाउँदै गएपछि बाजुरा महिनावारी भएका महिलालाई गोरस नदिने चलन पनि कायमै रहेको छ ।

धामी झाँक्रीकै कारण गाउँमा आफू महिनावारी हुँदा दुध, दही र महीजस्ता पौष्टिक तत्त्व कहिल्यै पनि खान नपाएको बुढीगङ्गा नगरपालिका–१० बदेडाका स्थानीय सीता नेपालीले बताइन् । उनले भनिन्, “आफू सहर बजारमा गएको बेला त्यहाँ दुध दही महिजस्ता खानेकुरा खान पाइन्छ । तर गाउँमा आए भने महिनावारी भएका बेलामा दुध दही मही खान त गाईभैँसीको शरीरमा समेत छुन दिँदैनन् ।”

स्वास्थ्यकर्मीहरुले महिनावारी तथा सुत्केरी भएका बेला घरमा दुध, दही र महिजस्ता पोषिला तथा झोलिलो खानेकुरा खानुपर्छ, भने । यता घरमा भने आफूलाई महिनावारी भएका बेलामा त्यस्ता चिज कहिल्यै नदिने गरेको नेपालीले बताइन् । बाजुराको हिमाली, स्वामिकार्तिक, जगनाथ, बुढीनन्दा, बडिमालिका, गौमुल, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदलगायतका अधिकांश ठाउँमा महिनावारी भएका महिलालाई गोरस (दुध, दही र मही) जस्ता पोषिला खानेकुरा खान दिँदैनन् ।

यहाँका धामी झाँक्रीहरूले महिनावारी भएका महिलालाई दुध, दही र मही दिएपछि घरमा अनिष्ट हुने तथा गाईभैँसी नब्याउने भन्ने डर देखाउँदै आएकाले यहाँका स्थानीयले महिनावारी भएका बेला महिलालाई गोरस नदिने गरेका हुन् । बाजुराका अधिकांश ठाउँमा महिनावारी भएका महिलालाई अहिले पनि छाउगोठमा सुत्न लगाउने गर्दछन् । महिनावारी हुँदा उनीहरूलाई न त घाँस कटाउँछन् । तर उनीहरूलाई दुध, दही र मही खान दिन्छन् ।

यहाँ महिनावारी भएका महिलालाई मात्र होइन कि सुत्केरीलाई पनि कहिल्यै गोरस दिँदैनन् । उनीहरूलाई घिउ दिने गरेको भए पनि गोरस भने अहिलेसम्म दिने गरेको छैन । “छाउपडी कोदोको रोटी सुत्केरी घिउ खानी” भन्ने उखान यहाँ जीवितै छ । महिला महिनावारी भएका बेला सुख्खा रोटी दिने र सुत्केरी भएका बेला घिउ दिने गरेकाले यहाँका स्थानीयले यो उखान भन्ने गरेका हुन् ।

महिनावारी भएका महिलालाई गोरस दियो भने गाउँका धामीझाँक्रीहरुले रिसाउने गरेको बुढीगङ्गा नगरपालिका १० बदेडाका स्थानीय मन सार्कीले बताए । उनले भने, “कोही कसैले लुकाएर महिनावारी भएका बेलामा महिलालाई गोरस दिएको थाहा पाएपछि गाउँमा धाँमीझाँक्रीहरुले देउता गाडेर तँइले उनीहरूलाई गोरस किन दिएको अब तेरो घरमा गाईभैँसी पाल्न बन्द गर्छु भनेर डर देखाउने गर्दछन् ।”,त्यही डरका कारण गाउँमा कसैले पनि महिनावारी भएका बेला महिलालाई गोरस (दुध, दही, मही) नदिने गरेको सार्कीले बताए ।

महिनावारी भएका महिलाले यदि गाईभैँसीको शरीरमा छोयो भने कन्या केटीमार्फत सातवटा मुहानको पानी ल्याउन लगाउँछन् । पानीमा सुन राख्छन् । त्यसपछि त्यसै कन्या केटीलाई गाईभैसीको शरीर नुहाउन लगाउँछन् । यहाँका धामी झाँक्रीहरूले महिनावारी भएका महिलाले छाना छायो भने त्यसमा गाईभैँसी राख्न हुँदैन भन्ने डर देखाउँदा यहाँका स्थानीयले छानामा बोका काटेर पूजापाठ गर्ने गरेको सार्कीले बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap