महाशिवरात्रीका दिन बेहडाबाबा मन्दिरमा २ करोड २५ लाख दीप प्रज्ज्वलन गरिने


लेखक : सुन्दराञ्चल      फाल्गुन १२, २०८० मा प्रकाशित     
महाशिवरात्रीका दिन बेहडाबाबा मन्दिरमा २ करोड २५ लाख दीप प्रज्ज्वलन गरिने

फागुन १२ धनगढी कैलालीको धनगढीमा रहेको बेहडाबाबा मन्दिरमा २ करोड २५ लाख दीप प्रज्ज्वलन गरिने भएको छ । धनगढी १६ मा रहेको बेहडाबाबा मन्दिरमा महाशिवरात्री अवसरमा फागुन २५ गते मन्दिरमा २ करोड २५ लाख दीप प्रज्ज्वलन गरिने भएको हो ।

करिव २ सय जनाबाट १ भक्तले १ लाख २५ हजारका दरले दीप प्रज्वलन गर्ने बेहडाबाबा फाउण्डेशन नेपालका अध्यक्ष पदमराज जोशीले बताए । महाश्विरात्रीका दिन अपहाराह्न ३ः३० देखी ४ः३० बजेको समयमा दीप प्रज्ज्वलन गरिने बेहडाबाबा फाउन्डेसनले जनाएको छ ।

शनिवार धनगढीमा पत्रकार सम्मेलन गर्दै आयोजक बेहडाबाबा फाउन्डेयस वर्ष बेहडाबाबा मन्दिरको करिव ३ लाख भक्तजनले दर्शन गर्ने अनुमान गरिएको छ । भक्तजनको सहजताका लागि कैलालीको तीन ठाँउबाट ६ वटा बसबाट न्युन शूल्कमा सेवा दिने फाउण्डेशनका अध्यक्ष जोशीले बताए । उनका अनुसार धनगढीको क्याम्पस रोड बेली र चौमाला बाट दुई दुई बस सञ्चालन गरिने छ ।

महाश्विरात्री दिन लाग्ने मेलाको तयारी पुरा भएको बताइएको छ । शिवरात्रीको अवसरमा गरिने दीप प्रज्वलन कार्यक्रममा सबै भक्तजनले सहभागी हुन अनुरोध गरेका छन् ।

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap