मस्तिष्कलाई सधैं स्वस्थ कसरी राख्न के गर्ने ? जरुरी हुन्छ


लेखक : सुन्दराञ्चल      अशोज ५, २०७९ मा प्रकाशित     
मस्तिष्कलाई सधैं स्वस्थ कसरी  राख्न के गर्ने ? जरुरी हुन्छ

असोज ५, जनस्वास्थ्य सरोकार, काठमाडौँ । मस्तिष्क धेरै संवेदनशिल अंग हो । जुन अन्य धेरै अंगहरुको कार्यको लागि जिम्मेवार हुन्छ । त्यसैले मस्तिष्कलाई सधैं स्वस्थ राख्न जरुरी हुन्छ । मानव मस्तिष्कमा ६० प्रतिशतभन्दा बढी बोसो हुन्छ । त्यसमा बोसोको आधा भाग ओमेगा–३ फ्याटी एसिडले बनेको हुन्छ । यो बोसोले तंत्रिका कोशिकाहरुलाई सुरक्षित राख्छ र तिनीहरुलाई ठिक सँग काम अनुमति दिन्छ । हामीले हाम्रो खानामा उपभोग गर्ने बोसोको प्रकारले मुटु, रक्तनली र मस्तिष्कको स्वास्थ्यमा असर पार्न सक्छ ।

त्यसैले हामीले ओमेगा–३ फ्याटी एसिड पाउने खानाहरु जस्तै माछा, कोड लिवर तेल, ब्ल्युबेरिजहरुमा ध्यान दिनुपर्छ । ब्ल्याकबेरिज जस्ता फलफुल खाँदा मस्तिष्को कार्यक्षमता बढ्छ र बुढ्यौलीसँग सम्बन्धित स्मरणशक्ति हानीबाट बच्न मद्धत गर्छ ।

नियमित शारीरिक व्यायामले मांसपेशी, हृदय र मस्तिष्कको रक्त प्रवाह सुधार गर्दछ । जसले तंत्रिका बृद्धि कारकहरुको उत्पदान र नयाँ मस्तिष्क कोषिकाहरुकोे निर्माणमा बृद्धि गर्न सक्छ । जुन सिक्ने र स्मरण शक्तिकालागि महत्वपुर्ण हुन्छ ।

निन्द्रा तपाईंको मस्तिष्कको स्वास्थ्यका लागि महत्वपुर्ण हुन्छ । त्यसैले तपाईंको मस्तिष्क स्वस्थ राख्न पर्याप्त ( सात देखि आठ घण्टा सम्म) निन्द्रा पुर्याउन आवश्यक हुन्छ ।

सामाजिक अन्तरक्रियाले मस्तिष्कको स्वास्थ्य सुधार गर्न र स्वास्थ बनाउन मद्धत गर्छ ।

धुम्रपान र मदिराको सेवनले मस्तिष्कको क्षतिको गम्भिरता बढाउँछ जसले मस्तिष्कको कार्यमा विभिन्न समस्याहरु निम्त्याउन सक्छ । त्यसैले आफ्नो मस्तिष्कलाई स्वस्थ राख्न यी चिजबाट टाढा बस्न जरुरी हुन्छ ।

तनावले विकासशिल मस्तिष्कको निर्माणमा असर गर्छ । जसले मस्तिष्कका गतिविधिहरु जस्तै विचार, स्मरणशक्ति, भावना, स्पर्श, दृष्टि, सास फेर्न, तापक्रम, भाकमा हानि पुर्याउन सक्छ । त्यसैले स्वस्थ मस्तिष्कका लागि तनावबाट बच्न अत्यन्त जरुरी छ ।

तपाईंको मस्तिष्कलाई सधै सक्रिय राख्नु महत्वपुर्ण छ । वैज्ञानिकहरुका अनुसार कुनैपनि नयाँ वा चुनौतिपुर्ण गतिविधिहरुले नयाँ मस्तिष्कका कोषिकाहरु उत्पन्न गर्न र तिनीहरु बीचको सम्बन्ध बढाउन मद्धत पुग्छ ।

विभिन्न रोगहरु जस्तै मधुमेह, अत्यधिक कोलेस्ट्रोल, उच्च रक्तचाप, धुम्रपान, डिप्रेसन र मोटोपनाले मस्तिष्क क्षतिलाई बढाउने काम गर्छ । त्यसैले यस्ता रोगहरुको समयमै निदान गरेर उपचार गर्न जरुरी छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap