मन्त्रालयका लागि विनियोजन भएको बजेटमाथिको छलफलमा सम्बन्धित मन्त्रीहरु नै अनुपस्थित


लेखक : सुन्दराञ्चल      जेष्ठ २५, २०७९ मा प्रकाशित     
मन्त्रालयका लागि विनियोजन भएको बजेटमाथिको छलफलमा सम्बन्धित मन्त्रीहरु नै अनुपस्थित

२५ जेठ, काठमाडौं । विनियोजन विधेयकमाथिको छलफलमा सरकारले चरम लापरबाही गरेको पाइएको छ । सम्बन्धित मन्त्रालयका लागि विनियोजन भएको बजेटमाथिको छलफलमा सम्बन्धित मन्त्रीहरु नै अनुपस्थित भएपछि सांसदहरुले संसदमै प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेका लागि बोलाइएको थियो । संसद सचिवालयका अनुसार सम्बन्धित मन्त्रीलाई कुर्दाकुर्दै करिब ३५ मिनेट ढिलो गरी बैठक सुरु भयो । तै पनि सम्बन्धित मन्त्रीहरु छलफलमा अनुपस्थित रहे ।

त्यसपछि संसदमा एमाले सांसद विमला विकले विनियोजन विधेयकमाथिको छलफलमा सरकारले चरम लापरबाही गरेको भन्दै प्रश्न उठाइन् ।

‘सभामुखज्यु आउनुभन्दा ५ मिनेट घण्टी बज्नुपर्ने आज झण्डै २५ मिनेट घण्टी बज्यो । घडी बिग्रियो कि भन्ने पनि लाग्यो । यसो बुझ्दा सम्बन्धित मन्त्री ज्युहरु नआएर पो रहेछ’ सांसद विकले प्रश्न गरिन्, ‘यस्तै हो संसदको गरिमा ?’

कार्यसूची अनुसार बजेटको मन्त्रालयगत छलफल सुरु हुँदा समेत सम्बन्धित मन्त्रीहरु नआएको भन्दै उनले थप आक्रोश पोखिन् ।

‘मैले कृषि मन्त्री चिनेको छु तर यहाँ देख्दिनँ । उद्योग मन्त्रीलाई पनि चिन्छु तर, देख्दिनँ । संघीय मामिला मन्त्रीलाई पनि चिन्छु तर, देख्दिनँ । सूचना तथा संचार मन्त्रीलाई पनि चिन्छु तर, देख्दिनँ’ उनी प्रश्न गर्छिन्, ‘आफ्नो मन्त्रालयको बारेमा छलफल भैरहँदा, सांसदहरुले मन्त्रालयको बजेटको बारेमा छलफल गरिरहँदा मन्त्रीहरु आउनु पर्दैन ?’

संसदप्रति मन्त्रीहरु उत्तरदायी हुनुपर्छ कि पर्दैन ? भन्ने प्रश्न गर्दै उनले सभामुखलाई बजेटको मन्त्रालयगत छलफलमा उपस्थित हुन सम्बन्धित मन्त्रीहरुलाई रुलिङ गर्न आग्रह गरिन् ।

एमालेकै अर्का सांसद कृष्णभक्त पोखरेलले पनि सरकारलाई संसदीय गरिमाको ख्याल गर्न आग्रह गरे ।

‘११ बजेको बैठकमा २६ मिनेटसम्म उपस्थित नहुने, घण्टी बजेको बज्यै गर्नुपर्ने परिस्थिति निर्माण गर्नुपर्ने मन्त्रीहरूलाई संसदको गरिमा घटाउने काम नगर्न निर्देशन गर्न अनुरोध गर्छु’ सांसद पोखरेलले भने ।

बुधबार प्रतिनिधिस कृषि मन्त्रालय, उद्योग मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय रसूचना तथा सञ्चार मन्त्रालयका लागि विनियोजित बजेटमाथि छलफल भैरहेको छ । सम्बन्धित मन्त्रीले अन्तिममा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिनुपर्ने हुन्छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap