मनोसामाजिक सहयोग तथा लैंगिक रुपान्तरण सम्बन्धी तालिम धनगढीमा सुरु


लेखक : सुन्दराञ्चल      साउन १८, २०८० मा प्रकाशित     
मनोसामाजिक सहयोग तथा लैंगिक रुपान्तरण सम्बन्धी तालिम धनगढीमा सुरु

महादेव गिरी संवाददाता

धनगढी साउन १८,  सामाजिक परिचालकहरुको लागि आधारभूत मनोसामाजिक सहयोग तथा लैंगिक रुपान्तरण सम्बन्धी १० दिने तालिम धगढीमा सुरु भएको छ । मनोसामाजिक सहयोग र लैंगिक रुपान्तरण गर्ने उद्येश्यले धनगढी उपमहानगरपालिकाको आयोजनामा तालिम सुरु भएको हो ।

तालिमको उद्घाटन समारोहका अध्यक्ष एवम् धनगढी उपमहानगरपालिकाको नगर उपप्रमुख कन्दकला रानाले परिवर्तनका लागि सामाजिक र मानविय विकास हुनुपर्ने बताईन् । सामाजिक र मानविय विकास भएन भने भौतिक विकास अपुरो हुने भन्दै धनगढी उपमहानगरपालिका सामाजिक र मानविय विकासका पक्षमा रहेको अध्यक्ष रानाले बताईन् । लैंगिक हिंसा पीडितलाई सहयोग गर्ने, मनोसामाजिक समस्यामा परेकाहरुलाई मनोसामाजिक परामर्श सेवा दिने काम भईरहेको उनले बताईन् ।

रानाले भनिन् ‘ समुदायमा काम गर्दै आएका सामाजिक परिचालकहरुले आधारभूत मनोसामाजिक सहयोगको बारेमा थाहा पाएपछि काम गर्न सजिलो हुन्छ भनेरै नै तालिमको आयोजना गरिएको हो । अहिले समाजमा मनोसामाजिक समस्या बढ्दै गएको छ । मनोसामाजिक समस्या न्यूनीकरण गर्न र व्यक्तिको जीवनमा सकारात्मक परिवर्तन ल्याउन मनोसामाजिक सहयोगको भूमिका धेरै महत्वपूर्ण हुन्छ ।’

No description available.

लैंगिक हिंसाका कारण धेरै महिलाहरु पीडित बनेकाछन् । हिंसा पीडित महिलालाई सहयोग गर्न र न्याृय प्रदान गर्नका लागि सुरक्षित आवास गृह संचालन गरी आश्रय दिने काम भईरहेको छ । लैंगिक हिंसाका घटनालाई रोकथाम र प्रतिकार गर्न धनगढी उपमहानगरपालिकाले लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना संचालन गरेको रानाले बताईन् ।

धनगढी उपमहानगरपालिकाको नेतृत्वमा स्वीस विकास सहयोग, नर्वेजिएन दुताबास र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष यूएनएफपिएको सहयोगमा लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना दुईवर्ष देखि संचालन भई रहेको छ ।

No description available.तालिममा सामाजिक परिचालक र वडा सदस्य गरी २० जनाको सहभागिता रहेको छ । तालिमको सहजीकरण सीएमसी नेपालका मनोसामाजिक सुपरभाईजर एवम् मनोविद् यभन श्रेष्ठ, भिएसओका सुदरूपश्चिम प्रदेश संयोजक प्रतिभा चौधरी र सीएमसी नेपालका मनोसामाजिक परामर्शकर्ता धनराज विकले गरेकाछन् । साउन १७ गतेदेखि सुरु भएको तालिम साउन २६ गतेसम्म संचालन हुने महिला विकास अधिकृत पंकजा जोशीले बताईन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap