मतपेटिका लुटेर फरार भएका अभियुक्तलाई पक्राउ


लेखक : सुन्दराञ्चल      जेष्ठ ६, २०७९ मा प्रकाशित     
मतपेटिका लुटेर फरार भएका अभियुक्तलाई पक्राउ

६ जेठ, काठमाडौं। प्रहरीले रौतहट मतदान केन्द्रबाट मतपेटिका लुटेर फरार भएका अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा यमुनामाई गाउँपालिका वडा २ बस्ने ४६ वर्षीय चन्देश्वर बैठा रहेका छन् ।

बैठालाई घरमै लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

पक्राउ परेका उनीमाथि निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कानूनी कारवाहीको लागि रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

३० वैशाखमा भएको स्थानीय तह निर्वाचनका दिन यमुनामाई गाउँपालिका- २ स्थित श्री मावि भेडियाही स्कुलमा अवस्थित मतदान केन्द्रबाट मतपेटिका लुटपाट भएको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap