मंसिर २६ जापानको राजधानी टोकियोमा भोलि (मंगलबार) यस वर्षको मिस इन्टरनेसनलको ग्राण्ड फिनाले हुँदैछ । संसारका ६६ मुलुकका सुन्दरीले विश्व प्रतिष्ठित पेजेन्टको ताजका लागि प्रतिस्पर्धा गर्दैछन् ।
त्यसअघि आइतबार नेसनल कस्ट्युम र स्वीमसुटको सबटाइटल प्रतिस्पर्धा सम्पन्न भयो । सुन्दरीले आ–आफ्नो महादेशको समूहको तर्फबाट यी सबटाइटलमा भाग लिएका थिए ।
नेपालको हिमालय क्षेत्रमा पाइने चरा मुनालबाट प्रभावित डिजाइनलाई नेपालले प्रस्तुत गरेको छ । सोनम सुब्बा र विशाल श्रेष्ठको डिजाइन रहेको उक्त कस्ट्युमका रङले जातीय र संस्कृतिक विविधता प्रस्तुत गरेको जनाइएको छ ।