बझाङ १७ असोज/बझाङका भुकम्प पिडितहरु पटक पटक भुकम्पको पराकम्पनको त्रासले रात भर खुला चौरमा पाल टागेर जाग्राम बसेका छन् । उनीहरु प्रभावित क्षेत्रका बिभिन्न स्थानका खुला चौरमा पाल टागेर रातभर जाग्राम बसेको तारुण दल बझाङका उपाध्यक्ष कलक थापाले जानकारी दिए ।
भुकम्प पिडितलाई पालको व्यबस्था गरी उनीहरु खुला क्षेत्रमा अस्थाई बसोबासको व्यबस्था गरिएको थापाले जानकारी दिए । बझाङमा भूकम्प तथा परकम्प जानेक्रम रोकिएको छ । मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा चैनपुर आसपास केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पपछि लगातार परकम्प गइरहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
त्यसयता १६ घण्टाको बीचमा ४ म्याग्निच्युडभन्दा माथिका १२ वटा परकम्प गइसकेको भूकम्पविद् चिन्तन तिमिल्सिनाले जानकारी दिए । “३ म्याग्निच्युडभन्दा माथिका एक सयभन्दा धेरै परकम्प गइसकेको छ,” उनले भने, “४.३ म्याग्निच्युडको परकम्प बिहान ५ः४३ बजे चैनपुर आसपास केन्द्रबिन्दु बनाएर गएको छ ।”