साउन २८ ,कैलालीको गोदावरी नगरपालिका-४ को पहिराले अवरुद्ध भीमदत्त राजमार्ग सुचारु भएको केहि समयमै पुनः अवरुद्ध भएको छ।अवरुद्ध राजमार्ग शनिबार दिउँसो एकतर्फी रुपमा सञ्चालनमा आएको थियो। सडक डिभिजन कार्यालय महेन्द्रनगरले साना र हलुका सवारीमात्रै पास गर्न भनेको थियो।
तर जोखिमकै बिच मालबाहक सवार पास गर्न खोज्दा पुनः सडक बिग्रीएको हो।
भीषण वर्षापछि कैलालीको बूढीतोलामा आएको पहिरोका कारण गत सोमबार रातिदेखि अवरुद्ध भीमदत्त राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन।
राजमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई आवतजावतमा सास्ती भइरहेको छ। सुदूरपश्चिमका सातवटा पहाडी जिल्लालाई तराईसँग जोड्ने एक मात्र राजमार्ग लामो समय अवरुद्ध हुँदा पहाडी जिल्लाको जनजीवन प्रभावित भइरहेको छ। पहाडबाट तराई ल्याउनुपर्ने तरकारी पहाडका बारीमै कुहिन थालेका छन्।