भारतमा रोजगारीका लागि जाने कामदारका विषयमा राष्ट्रिय मानवअधिकार आयोगले अध्ययन सुरु


लेखक : सुन्दराञ्चल      बैशाख २२, २०७९ मा प्रकाशित     
भारतमा रोजगारीका लागि जाने कामदारका विषयमा राष्ट्रिय मानवअधिकार आयोगले अध्ययन सुरु

कञ्चनपुर वैशाख २२ – भारतमा रोजगारीका लागि जाने कामदारका विषयमा राष्ट्रिय मानवअधिकार आयोगले अध्ययन सुरु गरेको छ । आप्रवासी कामदारको अवस्था र उनीहरूको हकअधिकारका बारेमा नीति निर्माणका लागि अध्ययन सुरु गरिएको हो ।

आयोगले सुदूरपश्चिमबाट आप्रवासी कामदारको अवस्थाबारे अध्ययन सुरु गरेको छ । आप्रवासी कामदारले भारतमा झेल्नुपरेको समस्या, परिवारले भोगिरहेका समस्या आदीबारे अध्ययन गरिने आयोगका उपसचिव हरि ज्ञवालीले बताए । उनले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा अध्ययन गरिने बताए ।

सुदूरपश्चिमका डोटी, डडेलधुरा, बझाङ र कञ्चनपुरमा अध्ययन सुरु गरिएको ज्ञवालीले जानकारी दिए । ‘कामको खोजीमा भारत जानेका विषयमा बुटवलदेखि दार्चुलासम्म अध्ययन गरिनेछ,’ उनले भने, ‘अध्ययनपछि यसका बारेमा आवश्यक नीति निर्माणसँगै भारतमुखी आप्रवासनलाई व्यवस्थित गर्न सरकारलाई सुझाव दिइनेछ ।’

अहिले भारतमा रोजगारीका लागि जाने नेपालीको संख्या, उनीहरूले भित्र्याउने रेमिट्यान्स, कामदारले भोग्नुपर्ने समस्या, बाटोमै लुटिने कामदारका पीडा र कामकै सिलसिलामा मृत्यु तथा बेपत्ता हुनेका अवस्थाबारे सरकार अनभिज्ञ रहेको छ । डोटी, डडेलधुरा र बझाङमा लामो समयदेखि बेपत्ता भएकाहरू धेरै भेटिएको उनले बताए । ‘नेपालको जनसंख्याको ठूलो हिस्सा भारतमा छ, तर उनीहरू आप्रवासी कामदारको ब्यानरमा समेटिएका छैनन्,’ ज्ञवालीले भने, ‘एउटा नीति बनाएर उनीहरूलाई पनि आप्रवासी कामदारका रूपमा हेरिनुपर्छ भन्ने हाम्रो बुझाइ छ ।’

‘विवाह गरेको एक वर्षभित्रै काम खोज्न भारत पसेर उतै बेपत्ता भएको वर्षौं भइसक्यो,’ अध्ययन टोलीका प्रमुख त्रिभुवन विश्वविद्यालयका जनसंख्या विभागका प्राध्यापक गोविन्द सुवेदीले भने, ‘गर्भमा भएको शिशु पनि ठूलो भइसक्यो, आमा अहिले पनि बुवालाई पर्खेर बस्नुभएको छ ।’

भारतमा काम खोज्न गएका र त्यतै बेपत्ता भएका परिवारका पीडाहरू निकै दर्दनाक भएको उनले बताए । उनले बेपत्ता भएका नागरिक जेलमा परेको समेत हुन सक्ने बताए । भारतमुखी आप्रवासनका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था निड्स नेपालले गरेको अध्ययनअनुसार कञ्चनपुरका २ नगरपालिका र डोटीका २ गाउँपालिकामा मात्रै २०९ जना बेपत्ता भेटिएका छन । उनीहरू ३ वर्षदेखि २५ वर्षभन्दा बढी अवधिसम्म परिवारको सम्पर्कमा छैनन । कतिपय २०र२५ वर्षपछि घर फर्केका घटना पनि छन ।

भारतबाट पैसा पठाउन हुने समस्या, घर फर्कंदा बाटोमै लुटेर अलपत्र पर्ने थुप्रै घटना पनि निकै पीडादायी भएको सुवेदीले बताए । ‘दिल्लीको आनन्दविहार बसपार्कमा नेपाली माथि हुने व्यवहार नै छुट्टै छ,’ उनले भने, ‘लुटिने, ठगिने घटनाहरू धेरै भएको पाइयो ।’ भारतमा काम गर्ने नेपालीको तथ्यांक कुनै निकायसँग पनि छैन ।

‘भारत जाने कामदारका थुप्रै समस्या छन्,’ निड्स नेपालका सहकार्यकारी निर्देशक प्रकाशचन्द्र मडैले भने, ‘न्यून ज्याला, पैसा पठाउन समस्या, घर फर्किंदा बाटोमै लुटिने र भारतमै बेपात्ता हुने ।’ उनका अनुसार भारतमुखी आप्रवासनलाई सरकारले वैदेशिक रोजगारसरह मान्यता दिएर व्यवस्थित गर्नुपर्ने बताए । भारतमा कति नेपाली छन् भन्ने तथ्यांकसमेत नभएकाले यसतर्फ पनि समयमै सचेत हुनुपर्ने उनले बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap