भारतमा केजरीवालका मन्त्री पक्राउ,


लेखक : सुन्दराञ्चल      जेष्ठ १७, २०७९ मा प्रकाशित     
भारतमा केजरीवालका मन्त्री पक्राउ,

१७ जेठ,  दिल्लीमा अरविन्द केजरीवाल सरकारका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनलाई प्रवर्तन निदेशालय इडीले सोमबार गिरफ्तार गरेको छ । समाचार एजेन्सी पिटिआइको रिपोर्टअनुसार उनलाई भ्रष्टाचारको एक विषयमा गिरफ्तार गरिएको हो ।

भारतको अर्को समाचार एजेन्सी एएनआईका अनुसार कोलकोताको एक कम्पनीसँग जोडिएको लेनदेन मुद्दामा उनलाई पक्राउ गरिएको हो । उनको घरमा इडीले छापा मारेर उनलाई नियन्त्रणमा लिएको हो ।

दिल्लीको गृह तथा स्वास्थ्य विभागको साथसाथै जैनसँग दिल्लीको ऊर्जा, लोक निर्माण विभाग, उद्योग, शहरी विकास तथा सिंचाई र जलसंसाधन विभागको पनि जिम्मेवारी दिइएको छ ।

उनी पक्राउ पर्नुअघि उनको विषयमा सिबिआइले अनुसन्धान गरेको थियो । उनको र उनकी पत्नी पुनम जैनको शेयर होल्डिङ रहेका कम्पनीहरुको ४.८१ करोड भारतीय रुपैयाँ पनि भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसअघि २५ अगस्ट २०१७ मा नै अवैध लेनदेन गरेको भन्दै उनीमाथि छानबिन सुरु भएको थियो ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap