धनगढी १३ चैत , धनगढीबाट भारतको हरिद्धार जानेक्रममा बाजुराका १५ बर्षिय बालक भोवेन्द्र रावत सम्पर्कविहीन भएका छन् । बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर–२ घरभएका १५ बर्षिय रावत भारतको हरिद्धार जाने क्रममा चैत ७ गते भारतकै पलियाबाट सम्पर्क बिहीन हुनु भएको छ ।
हरिद्धारमा रहेका आफ्ना आमा बुबालाई भेट्न रावत चैत ७ गते गौरिफण्टा नाका हुँदै पलिया सम्म पुगेका थिए । पलिया पुगेपछि छोरा सम्पर्कविहीन बनेको बुबा अबि रावतले बताउनु भयो ।धनगढीको शारदा मा। वि। बैयाबेहडीमा कक्षा ९ मा अध्यानरत विद्याथी पनि हुन् ।
कसैले भेटाए नजिकको प्रहरी चौकी वा भारतका लागि ७९८३५४२९४४ र नेपालका लागि ९८६८४६९०९२ नम्बरमा फोन गरी सहयोग गरिदिन उहाँले आग्रह गर्नु भएको छ ।

