भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले नेपाली विद्यार्थीलाई विशेष छुट दिइने


लेखक : सुन्दराञ्चल      बैशाख ६, २०७९ मा प्रकाशित     
भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले नेपाली विद्यार्थीलाई विशेष छुट दिइने

बैशाख ६   भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले नेपाली विद्यार्थीलाई विशेष छुट उपलब्ध गराइने बताए ।  पूर्वमन्त्री तथा सांसद महेश बस्नेतसँग भारतको देहरादुनमा भएको भेटमा उनले नेपालबाट उत्तराखण्ड आउने विद्यार्थीलाई छुट उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका हुन् । मुख्यमन्त्री धामी र पूर्वमन्त्री बस्नेतले आज एकअर्कालाई तुलसीको बिरुवा आदानप्रदान गरेर शुभकामना दिएका थिए ।

भेटघाटका क्रममा नेपाल र उत्तराखण्ड तथा विशेषगरी सुदूरपश्चिम क्षेत्रको हितका विषयमा छलफल भएको मुख्यमन्त्री धामीका स्वकीय सचिव भुवन तिवारीले जानकारी दिए । सो क्रममा धार्मिक पर्यटन र महाकाली नदीमा  दुई देशका जनताबीच देखिएको पारवहन, यातायात समस्या र  सिँचाइको समस्या तथा तुइन काटिएर महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीका विषयमा समेत कुराकानी भएको उहाँले उल्लेख गरे  ।

भेटका क्रममा मुख्यमन्त्री धामीले पशुपतिनाथ र केदारनाथको शिर डोलेश्वर महादेवको दर्शन गर्न नेपाल आउने इच्छा व्यक्त गरेको स्वकीय सचिव तिवारीले जानकारी दिए । हालै भारतीय जनता पार्टीका तर्फबाट धामी दोस्रो पटक मुख्यमन्त्री भएका हुन् । रासस

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap