सुदुरपश्चिम प्रदेशका प्रहरी प्रमुख भरत बहादुर बोहरालाई अछाम सेवा समिति कैलालीले एक कार्यक्रमका विच सम्मान गरेको छ ।अछाम सेवा समितिका अध्यक्ष खडक बहादुर स्वाँर , प्रदेश लोकसेवा आयोगका सदस्य लक्ष्मण खण्का ,सचिव डबल बहादुर बोहरा लगायतले सुप प्रदेशका प्रहरि प्रमुख बोहरालाई स्वागत तथा सम्मान गरेकाहुन् । अछाम जिल्लाको तिमल्सैनमा जन्मेका बोहरा सुप प्रदेशको प्रहरि प्रमुखको रुपमा आएकाहुन् । बोहरालाई अछाम सेवा समितिको आजिवन सदस्यता समेत प्रदान गरिएको थियो ।