बुधबार सुनको मूल्य १ हजार १ सय रुपैयाँले घट्यो


लेखक : सुन्दराञ्चल      चैत्र ९, २०७८ मा प्रकाशित     
 बुधबार सुनको मूल्य १ हजार १ सय रुपैयाँले घट्यो

९ चैत, बुधबार सुनको मूल्य १ हजार १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार २ सय रुपैयाँ कायम भएको छ ।

यसअघि, मंगलबार सुन तोलाको १ लाख ३ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार तेजाबी सुनको भाउ तोलाको ९८ हजार ७ सय रुपैयाँ तोकिएको छ ।

चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले घटेको छ । मंगलबार १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार ३ सय ७० रुपैयाँ निर्धारण गरिएको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap