सोमबार, ०१ साउन ,बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य मुलुकका परराष्ट्र (विदेश) मन्त्रीहरुबीच एकआपसमा सहयोग सुदृढ पार्ने उपायहरूबारे छलफल भएको छ ।
बिम्स्टेक राष्ट्रका परराष्ट्रमन्त्रीस्तरीय ‘रिट्रिट’मा सहभागी हुन परराष्ट्रमन्त्री साउद आइतबार बैंकक गएका थिए । उनी दिउँसो साढे एक बजे थाई स्माइल एयरवेजको जहाजबाट बैंकक पुगेका थिए । बिम्स्टेकमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमार सदस्य छन्।
बैंककमा परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच साइडलाइन वार्ता हुने कार्यक्रम पनि रहेको छ।
जयशंकरसँग उनको दोस्रोपटक साइडलाइन वार्ता हुन लागेको हो । यसअघि बंगलादेशमा इन्डिया फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा उनीहरूबीच पहिलो अनौपचारिक भेट भएको थियो । परराष्ट्रमन्त्री साउद साउन २ गते मंगलबार थाइ स्माइल एयरवेजकै जहाजबाट स्वदेश फर्किने कार्यक्रम छ।