बिबाहको सपना बोकेर भारत हिंडेका युवा,युवती जब गड्डाचौकीमा रोकिए….


लेखक : सुन्दराञ्चल      चैत्र १७, २०७८ मा प्रकाशित     
बिबाहको सपना बोकेर भारत हिंडेका युवा,युवती जब गड्डाचौकीमा रोकिए….

कञ्चनपुर१७ चैत, । कोरोना महामारीका कारण विद्यालयमा अनलाइन कक्षा सञ्चालन हुन थालेपछि कैलालीकी पूजा (नाम परिवर्तन)की आमाले पहिलोपटक छोरीलाई मोबाइल किनिदिइन् । आर्थिक अवस्था कमजोर भएपनि छोरीको पढाइ नबिग्रियोस् भनेर आमाले पूजालाई मोबाइल किनिदिएकी थिइन् । पूजा पनि सानैदेखि पढाइमा तेज थिइन् ।

पूजाले मोबाइल पाएपछि अनलाइन कक्षा लिन थालिन् । अरु समयमा सामाजिक सञ्जाल फेसबुक पनि चलाउन थालिन् । इन्टरनेटबाट संसारसँग जोडिन सकिएपछि उनी मक्ख थिइन् ।

फेसबुकमा सक्रिय हुँदै जाँदा पूजालाई नवीन नाम (नाम परिवर्तन) गरेको आईडीबाट फेन्ड रिक्वेस्ट आयो । प्रोफाइलमा रहेको आकर्षक तस्वीर देखेर उनले तुरुन्तै रिक्वेस्ट स्वीकारिन् । त्यसपछि विस्तारै उनीहरुपछि कुराकानी हुन थाल्यो । पछि त यो सिलसिला घण्टौंसम्म चल्यो ।

नजिक हुँदै गएपछि पूजाले पनि नविनलाई आफ्ना र परिवारका कुराहरु सेयर गर्न थालिन् । बुवा उच्च रक्तचापको बिरामी, खेतीपाती थोरै, आमाले ज्यालामजदुरी गर्ने, दिदीको बिहे हुन नसकेको अनि भाइहरुलाई पढाउन धौ धौ भएका जस्ता पारिवारिक कुरा सबै नविनलाई पूजाले सुनाइन् । छिट्टै पढेर काम गर्न पाए हुन्थ्यो भनेर उनले नविनसँग भनेकी थिइन् ।

अनिताको पारिवारिक अवस्थाको विषयमा सबै कुरा थाहा पाएको विपिनले यसैलाई हतियार बनाउँदै आफूसँग विवाह गरे घरका सबै समस्याको समाधान हुने आश्वासन दियो । उसले अनिताको परिवारको रेखदेख गर्ने पनि भन्यो । यो कुरालाई माया सम्झेर अनिताले विश्वास गरिन् ।

नवीनले पूजालाई दिल्ली आएर काम गर्न सुझाव दिए । दिल्ली ठूलो सहर भएकाले काम पाउन समस्या नहुने र काम गर्दै पढ्न पनि सकिने उनले बताए । साथै आफू दिल्लीमै भएकाले पूजालाई काम खोजिदिने र पढाइका लागि सहयोग गर्ने आश्वासन नविनले दिए ।

तर घर छाडेर जान परिवारले नदिने पूजाले नवीनलाई सुनाइन् । नवीनले उनलाई मन पराएको र भविष्यमा विवाह गर्ने भन्दै जसरी पनि दिल्ली आउन कर लगाए ।

नवीनको यस्तो कुरापछि पूजा पनि बिस्तारै उनको मायामा परिन् । अनि परिवारको पनि समस्या समाधान हुने र मन परेको केटासँग घरजम पनि गर्न पाउने सपना बोकेर उनले दिल्ली जाने निर्णय लिइन् । पूजालाई लिन आफू महेन्द्रनगरसम्म नै आउन तयार रहेको नवीनले बताए ।

२०७८ चैत २ गते महेन्द्रनगर बसपार्कमा भेट्ने भनेर दुवैले गरेको सल्लाह अनुसार पूजा अपरान्ह ४ बजेतिर साथीको घर जान लागेको भनेर घरबाट निस्किन् । महेन्द्रनगर बसपार्कमा नवीन उनलाई कुरिरहेका थियो । बसपार्क नजिकैको एउटा रेस्टुरेन्टमा खाजा खाने बेला नवीनले पूजालाई सीमा नाकामा हुने चेकजाँच र सोधपुछबारे बतायो । हामीले सत्य कुरा भन्यौं भने त्यहाँबाट अगाडि जान दिंदैनन्, त्यसैले तिमीले मलाई दाइ भन्नु र पारि वनबासामा सामान किन्न जान लागेको भनेर भन्नु भनेर सिकायो ।

पूजाले हुन्छ भनेपछि दुवैजना रिक्सा चढेर सीमा नाका गड्डाचौकी पुगे ।

नवीनले भनेझैं त्यहाँ सुरक्षाकर्मी र मानव बेचबिखनमा काम गर्ने संस्थाका कर्मचारीहरुले उनीहरुलाई सोधपुछ गरे । नाकामा पुगेपछि नवीनले बहिनीसँग सामान किन्न पारि वनबासा जान लागेको प्रहरीलाई बतायो ।

तर उसको व्यवहारको शंका लागेर प्रहरीले नवीन र पूजालाई अलग-अलग राखी सोधपुछ गर्‍यो । दुवै जनाको कुरामा फरक कुरा आएपछि प्रहरीले घरको नम्बरमा कुरा गराउन भनेर पूजालाई भन्यो । दुवैले घरमा मोबाइल नभएको भन्दै ठाँटे । प्रहरीले दुवै जनाको मोबाइल चेकजाँच गर्दा पूजाको मोबाइलमा दिदी भनेर सेभ गरिएको नम्बर फेला पार्‍यो ।

पूजाकी दिदीलाई सोध्दा साथीको घरमा जान भनेर पूजा घरबाट निस्केको बताइन् । साथै नवीन नाम गरेको पूजाको कोही पनि साथी नरहेको प्रहरीसँगको कुराकानीमा बताइन् । त्यसपछि प्रहरीले पूजा बेच्न लान लगेको निष्कर्ष निकाल्यो ।

नवीन दिल्लीमा बसोबास गर्ने नभई सीमा नजिकको गाउँमा बस्ने लागूऔषध प्रयोगकर्ता रहेको प्रहरीले पत्ता लगायो र प्रहरीले उसलाई पक्राउ गर्‍यो ।

पूजालाई सीमा नाकामा रहेको पीआरसी (पिस रिह्याबिलिटेसन सेन्टर) संस्थाको जिम्मा लगायो । र पछि उनका आमाबुबाले घर लिएर आए ।

****

कञ्चनपुरकी अनिता (नाम परिवर्तन) निम्नवर्गाीय परिवारमा जन्मेकी हुन् । उनका बुवा वैदेशिक रोजगारीको सिलसिलामा देश बाहिर छन् । घरमा आमा दुई दिदी, एक भाइ र उनी बस्छन् ।

बुवाले घरमा पैसा पठाउँदैनन् । त्यसैले उनकी आमा ज्याला मजदुरी गरेर घरखर्च र छोराछोरीको पढाइ खर्च जुटाउँदै आएकी थिइन् । कक्षा १२ मा पढ्ने अनिता पढाइसँगै नजिकै बजारको एक कपडा पसलमा काम गर्थिन् ।

पसलमा काम गरेको पैसाले दुई महिनाअघि अनिताले मोबाइल किनेकी थिइन् । मोबाइलमा फेसबुक लगायत सामाजिक सञ्जाल चलाउन थालिन् । एक दिन उनलाई विपिन नाम गरेको आईडीबाट फेन्ड रिक्वेस्ट आयो ।

त्यसपछि कुराकानी हुँदै जाँदा विपिनले आफ्नो घर भारतको पिथौरागढ रहेको बतायो । साथै आफू भारतीय आर्मी रहेको पनि अनितालाई बतायो । उनीहरुबीच घण्टौं फेसबुकमा कुराकानी हुन थाल्यो । त्यहीबीच विपिनले आफूलाई अनितालाई मन पराउने बतायो । विवाह गर्ने इच्छा रहेको समेत उसले बतायो ।

विपिनको यस्तो प्रस्तावपछि अनिताले घरमा दुई जना दिदीको विवाह हुन बाँकी नै रहेको र अहिले आफ्नो उमेर पनि नभएको विपिनलाई बताइन् ।

अनिताको पारिवारिक अवस्थाको विषयमा सबै कुरा थाहा पाएको विपिनले यसैलाई हतियार बनाउँदै आफूसँग विवाह गरे घरका सबै समस्याको समाधान हुने आश्वासन दियो । उसले अनिताको परिवारको रेखदेख गर्ने पनि भन्यो । यो कुरालाई माया सम्झेर अनिताले विश्वास गरिन् । त्यसपछि विपिनले आफूलाई भेट्न वनबासासम्म आउन भन्यो र एकपटक भेटेर आफू मन परे घरमा कुरा गर्न आउँछु र मन नपरे साथी मात्र बनौं भनेर अनितालाई बतायो ।

उसको कुरामा विश्वास गरे गत चैत २ गते अनिता घरबाट पसल जान्छु भन्दै विपिनलाई भेट्न निस्किइन् ।

उनी अटो भढेर गड्डाचौकी सीमा नाका हुँदै भारतर्फ जाँदै गर्दा प्रहरीले सोधपुछका लागि रोक्यो । अनिताले घरायसी सामान किन्न वनबासा जान लागेको प्रहरीलाई बताइन् । आवश्यक परिचयपत्र देखाउन भन्दा अनिताले नभएको र मोबाइल पनि बिग्रिएको बताइन् । तर प्रहरीले अनिताको मोबाइल चेक गर्दा ठीकै थियो । सुरक्षाकर्मीले अनिताकी आमालाई फोन लगाउँदा उनी पसल जान भनी घरबाट निस्केको बताइन् ।

प्रहरीले अनिता वनबासा जान लागेको सुनाउँदा उनले झुट बोलिरहेको र त्यहीं रोकिदिन आग्रह गरिन् । प्रहरीले थप सोधपुछ गर्दा विपिन नाम गरेको व्यक्ति सीमापारि लिन आएको बताइन् । त्यसपछि प्रहरीले विपिनलाई नेपालतर्फ बोलाउँदा आफू घरमै रहेको र सीमासम्म लिन आउने कुरा झुटो भएको भन्दै फोन काट्यो ।

त्यसपछि अनितालाई मानव बेचबिखन तथा ओसारपसार र यौन तथा श्रम शोषणविरुद्धको परामर्श सेवा दिइयो र आमाले अनितालाई घर लिएर गइन् । विपिनलाई कानुनी कारबाही गर्न खोज्दा भारतीय नागरिक भएकाले परिचय खुल्न नसकेपछि कुनै पनि कारबाही प्रक्रिया अगाडि बढ्न सकेन ।

यी दुई घटना पछिल्ला उदाहरण मात्रै हुन् । यसरी सामाजिक सञ्जालमार्फत चिनजान भएर बेचबिखनमा पर्न लागेका थुप्रै युवतीलाई प्रहरीले सीमा नाकाबाट उद्धार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार चालु आर्थिक वर्षको चैत पहिलो सातासम्म मात्रै १३५ जना महिला तथा किशोरीलाई भारत जानबाट रोकिएको छ । भारतमा काम गर्न, पढ्न, विवाह गर्न र सीमापारि किनमेल गर्ने बहाना गरी जान लागेको देखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्र शाहीले बताए ।

शंका लागेर सोधपुछ गर्दा धेरे युवतीलाई भारतमा बेचिनबाट उद्धार गर्न सफल भएको उनको भनाइ छ ।

गरिबी र अशिक्षाको फाइदा उठाउँदै सामाजिक सञ्जालको दुरुपयोग गरी किशोरी तथा महिलालाई बेचबिखन गर्ने व्यक्तिहरु सक्रिय रहेको देखिएकाले सतर्क रहन पनि सरोकारवालाले आग्रह गरेका छन् । अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap