अटिजम जनचेतना दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम


लेखक : सुन्दराञ्चल      चैत्र २०, २०८१ मा प्रकाशित     
अटिजम जनचेतना दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम

चैत्र २१, : प्रविधिको विकाससंगै पछिल्लो समय बालबालिकाहरुमा डरलाग्दो तरिकारले ‘अटिजम’ रोग देखिने गरेको छ । चिकित्सकका अनुसार प्रविधिको विकाससंगै भएको मोबाइल, ल्यापटप जस्ता साधनमा बढी झुमिने हुँदा बालबालिकाहरु एकहोरो भईदिने समस्या देखिने गरेको छ । सेती प्रादेशिक अस्पातलमा कार्यरत चिकित्सक डा. प्रदिप मिश्रले अटिजम भएकाहरुमा सामान्य बालबालिहरु भन्दा फरक क्रियाकलाप देखिने गरेको बताए । ‘अटिजम के र कति कारणले हुन्छ ? अहिले नै थाह नभए पनि समाजमा यस समस्याबाट धेरै अभिभाकहरु पीडामा छन्’, सेती प्रादेशिक अस्पतालले बुधबार १८ औँ अटिजम जनचेतना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले भने । ‘बच्चाको गर्भ देखिकै वातावरणले प्रभाव पारेको हुन्छ । जन्मिएपछिको वातावण अझ महत्वपूर्ण हुन्छ ।’ अटिजम वंशाणुगत रुपमा समेत देखिने गरेको उनले बताए । अटिजम रोग बालबालिका दुई बर्ष भईसकेपछि बल्ला अभिभावकहरुलाई महशुष हुने गरेको उनको अनुभव रहेको छ । बाललिकाहरुलाई सामाजिक रुपमा घुलमिल गराउन आवश्यक रहेको उनको भनाई रहेको छ । ‘अहिले प्राय व्यक्तिहरु व्यस्त हुन्छन । आफ्ना नानी बावुहरुलाई मोबाइल दिएर भुलाउने गरेको पाईन्छ । यसले गर्दा बालबालिकाहरुमा नराम्रो प्रभाव पारेको हुन्छ ।’, उनले भने ।
अहिले अटिजम रोगका बारेमा सरकारले पनि चासोको साथ हेरेको हुँदा केहि भए पनि कम हुने उनले विश्वास गरे । अटिजम पुरुषमा बढी देखिएको उनको भनाई रहेको छ । उनले अटिजम एकैदिन उपचार सम्भव नभएको वातावरण भएमा विस्तारै सञ्चो हुने डा. मिश्रले बताए । उनका अनुसार सुदूरपश्चिममा ४ सय भन्दा बढी अटिजम भएका बालबालिकाहरु रहेका छन् । ग्रामिण क्षेत्रसम्म अध्ययन अनुसान्धान नभएको हुँदा यो संख्या अझ बढी हुने उनको भनाई रहेको छ । कार्यक्रममा सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा हेमराज पाण्डेयले अटिजमका बिरामीहरुलाई उपचार गर्न काठमाण्डौँ जाने बाध्यता अन्त्य भएको बताए । सरकारले सेती प्रादेशिक अस्पतालमा सुरुवात गरेको हुँदा अन्य अस्पतालमा पनि सुरुवात गर्नुपर्ने सुझाए ।
सुदूरपश्चिममा अटिजम भएका बिरामीहरुको उपचार सेतीमा रहेको छ । सेतीमा मानसिक रोग विशिषज्ञ चिकित्सको व्यवस्था रहेको छ । चिकित्सकका अनुसार विश्वमा एक हजारमा एक प्रतिशत अटिजम रोग देखिने गरेको छ । अटिजम रोग संक्रमण भएका बाललिकाकाहरु सहजै उपचार नपाउँदा पीडामा रहेको पाइएको छ । बुधबार विश्व ‘अटिजम’ जागरूकता दिवस समेत मनाइएको छ । अन्तरक्रिया कार्यक्रमको सञ्चालन अटिजम सेती प्रादेशिक फोकल पर्सन गौरी जोशीले गरेका हुन् ।

१८ औं विश्व ‘अटिजम’ दिवसको अवसरमा धनगढीमा प्रभातफेरीको आयोजना गर्दै मनाइएको हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि यो दिवस मनाउन थालिएको हो । अटिजमको बारेमा सचेतना दिने र त्यस्तो समस्या भएका बालबालिकाको विशेष स्याहारमा जोड दिंदै संयुक्त राष्ट्रसंघको आहवानमा हरेक वर्ष अप्रिल २ मा यो दिवस मनाइने गरिन्छ । सामाजिक विकास मन्त्रालयको समन्वय, अपाङ्गता अधिकार कोषको सहकार्य तथा राष्ट्रिय अटिजम केयर सोसाइटी नेपाल धनगढीको आयोजनामा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाइएको हो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap