बाटोमै बच्चा जन्माउन बाध्य ? बाजुरामा ,


लेखक : सुन्दराञ्चल      चैत्र १८, २०७८ मा प्रकाशित     
बाटोमै बच्चा जन्माउन बाध्य ? बाजुरामा ,

बाजुरा चैत १८। बाजुरा हिमाली गाँउपालिका २ नातिखोला बस्न्रे २३ बर्षिया पार्वती बुढाले स्वास्थ्य चौकी जाने बेला बाटैमा बाटोमै बच्चा जन्माउन बाध्य भएकीछन् । बाटोको सुबिदा नहुदा हिड्दा हिड्दै बाटैमा पार्वतीले छोराको जम्म दिईन् ।

पार्वतीएकसाता पहिला वडा नम्बर १ मा रहेको बिच्छयाँ स्वास्थ्य चौकीमा सुत्केरी सेवा लिन जाने बेला क्रर्ममा बाटोमै पार्वतीले छोराको जन्मदिईन् ।
बाटोको सुबिदा नहुनुर स्वाथ्य चौकी पनि निकै टाँढा रहेकोले सुत्केरी मात्र नभएर,अन्य बिरामीलाइ पनि समस्या भएको छ । स्वास्थ्य चौकि लिदै गर्दा बाटोमै पार्वतीले छोरा जन्माएको बिच्छयाँ स्वास्थ्य चौकिका ईन्जार्च विमला पाण्डेले वताईन् ।

स्वास्थ्यकर्मी गाउँमा स्वास्थ्य शिक्षा र उपचार गर्न जान लागेका थियौ, बाटोमै व्यथा लागेर छट्पटाइरहेकि थिईन्, वाटोमै सुत्केरी गराउन सहयोग गरेको अनमि सरिता घिसिङ्गले वताईन्। पार्वतीले पहिलो बच्चा भने घरमै जन्माएकि थिईन्, दोस्रो बच्चा बाटोमा जन्माएकि हुन् । पार्वती एक उदाहरण हुन्, साविकको बिच्छयाँ गाबिसमा बाटोमा र घरमा बच्चा जन्माउने संख्या निकै रहेको बिच्छयाँ स्वास्थ्य चौकिका ईन्जार्च विमला पाण्डेले वताईन् ।

बिच्छयाँका गाउँहरु स्वास्थ्य चौकि भन्दा निकै टाढा रहेका छन्, । स्वास्थ्य चौकि पुग्दा सम्म त धेरैले बाटोमै बच्चा जन्माउने गरेको विमलाले थपिन् । हिमाली गाउँपालिका १, २ र ३ वटा वडा साविकको बिच्छयाँ गाबिस हो । बाजुराको ३५ प्रतिशत भुगोले यो क्षेत्रले ओगटेको छ ।
बिच्छयाँका कोट, कोटि गाउँ, नाति खोला, रम्दी, बामु, युना, बौडी गाउँ स्वास्थ्य चौकि बाट २ घण्टा टाढा देखि एक दिनको दुरिमा रहेका छन् । गुम्बा, लाम्पाटा गाउँ भने बिच्छयाँ स्वास्थ्य चौकी बाट दुईदिनको दुरीमा रहेका छन् । बिच्छयाँ स्वास्थ्य चौकी बाट १ घण्टा भित्र पुग्ने टिन र नेटा गाउँ मात्र हो, अरु सबै स्वास्थ्य चौकीको पहुँच भन्दा टाढा रहेको स्वास्थ्य चौकिले जनाएको छ ।

 

बाटोमा बच्चा जन्माउने मात्र नभई स्वास्थ्य चौकी ल्याउन पनि निकै समस्या हुने गरेको हिमाली गाउँपालिका ३ का वडा अध्यक्ष ध्याने रोकायाले वताएका छन् । वडानम्बर ३ गुम्बा र लाम्पाटा गाउँका महिलाले कहिले स्वास्थ्य चौकीमा बच्चा नजन्माएको वडा सदस्य जगत बहादुर लामाले वताएका छन् । काम गर्दा गर्दै खेतबारी, जंगल, बाटोमै बच्चा जन्माउने गरेका छन्, हाम्रा लागि त भगवान भरोसा रहेको लामाले वताए । स्वास्थ्य चौकी पुग्न २ दिन लाग्छ बाटो पनि निकै अफ्ठयारो रहेको उनले वताएका छन् । नियमित गर्भजाँच निकै टाढाको बिषय बनेको छ। स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दायकृष्ण पन्त पनि घरमा र बाटोमै बच्चा जन्माउने क्रम निकै रहेको बताउछन् ।

भौगोलिक बिकट तथा सबै गाउँमा स्वास्थ्य केन्द्रको पहुँच नहुदा समस्या भएको पन्तले वताए । गत कार्तिक महिनामा अत्याधिक रक्तस्राबले हिमाली गाउँपालिका ४ तिथिचौरमा बस्ने २१ बर्षिय गंगा चदाराको बच्चा जन्माएको केही समयमै रक्तस्राबका कारणले बाटोमै मृत्यु भएको थियो  बाजुरामा ३ बर्ष यता ८ जना सुत्केरीको मृत्यु भइसकेको छ ।

 

गर्भवती भएपछि नियमित गर्भजाँचको कमि र समयमै सुत्केरी गराउन स्वास्थ्य संस्था नपुगाउदाको परिणाम रहेको बडिमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेक बहादुर खड्काले वताए । अर्को सुत्केरी भएको बेला आरम गर्नुपर्ने, पोषिलो खानेकुरा नखाने, कडा परिश्रमले सुत्केरी महिला ज्यान गुमाउने गरेको उनले वताए ।

बाजुरामा तथ्याङ्क कुनै नभएपनि एक महिना एक देखी दुई जना महिलाले बाटोमै बच्चा जन्माउने गरेको खडकाले वताए । हुनत सरकारले हवाइ उद्धार कार्यक्रम सञ्चालन गरेको छ, तर पनि सुत्केरी महिला मर्नेक्रम रोकिएको छैन । बाजुराका आमाहरुको प्रजनन स्वास्थ्य निकै बेजोग रहेको छ । कडा परिश्रम, धेरै बच्चा जन्माउनु, कम उमेरमा बच्चा जन्माउन, स्वास्थ्य सेवा पहुँच बाट बिमुख जस्ता समस्याले आमाहरुको ज्यान निकै जोखिम बन्दै गएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap