धनगढीमा बाजुरेली सेवा समाजको आयोजनामा स्मारिका बिमोचन कार्यक्रम सम्पन्न


लेखक : सुन्दराञ्चल      कार्तिक १८, २०८० मा प्रकाशित     
धनगढीमा बाजुरेली सेवा समाजको आयोजनामा स्मारिका बिमोचन  कार्यक्रम सम्पन्न

महादेव गिरी संवाददाता

धनगढी कार्तिक १८, हाम्रो संस्कृति हाम्रो पहिचान एकजुट भई अधि बढ्दै हाम्रो अभियान भन्ने मुलनाराका साथ बाजुरेली सेवा समाजले स्मारिका २०८० विमोचन दशै दीपावली एवम् छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । बाजुरेली सेवा समाज धनगढी कैलालीको आयोजनामा स्मारिका बिमोचन तथा दशै दीपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो। शनिवार स्मारिका बिमोचन तथा दशै दीपावली छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिम प्रदेशका आर्थीक मामिला मन्त्री नरेस कुमार शाही रहनुभएको थियो।

भने बाजुरेली सेवा समाजका अध्यक्ष बजिर सिहं धामीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी आर्थीक मन्त्री शाहीले बाजुरेली सेवा समाजको स्मारिका बिमोचन गरेका थिए । भने कार्यक्रमका बिशिस्ट अतिथीमा प्रकाश शाह, धर्म बहादुर सिहं, कृष्ण बहादुर सिहं लगायत रहेका थिए । २०६१ सालमा स्थापना भएको बाजुरेली सेवा समाजले बिभिन्न रचनात्मक कृयाकलाप र मौलिक संस्कृती जर्गेनामा जोड दिदै आएको समाजका अध्यक्ष बजिर सिहं धामीले बताए।

उनले बाजुरा घर भई हाल कैलालीमा बसोबास गर्ने सम्पुर्ण बाजुरेलीहरुको संस्कृतीक, सामाजिक तथा राजनितीक क्षेत्रमा योगदान पुर्‍याउनेहरुलाई एकिकृत गर्ने र समाजमा उदाहरणीय कार्यमा अग्रसर गराउने कसरी हाम्रो बाुजुरेली समाजलाई एक जुठ बनाएर लैजाने भन्ने उदेश्य रहेको उनले बताए।

बाजुरेली सेवा समाजको बिमोचन गरिएको उक्त स्मारिकामा बाजुरेली सेवा समाजको बिगत देखी वर्तमानको अवस्था, बाजुरेलीको इतिहास, बाजुरेली सेवा समाज स्थापना र आगामी बाटो, बडीमालीका मन्दिरको आस्था लगायत, बाजुराको मौलिक पर्व भुवा,कृर्षि, पर्यटन जस्ता बिषय समेटिएका छन् । साथै स्मारिकामा गजल, मुक्तक, भजन समेटिएका छन् ।

कार्यक्रममा बाजुरा घर भई हाल कैलालीमा बसोबास गर्ने सम्पुर्ण बाजुरेलीहरुले एक अर्कोमा दशँै दीपावली छठ पर्वको शुभकामना आदान प्रदान गरेका थिए । कार्यक्रममा बिभिन्न ब्यक्तीत्वहरुको सहभागीता रहेको थियो। कार्यक्रमको सहजिकण संग्राम थापाले गर्नु भएको थियो । भने कार्यक्रमको सञ्चालन भरत केसीले गर्नु भएको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap